अँध्यारोबाट उज्यालोतिरको जीवन–यात्रा
- श्रावण २८, २०८३
उदारवादको झूट
उदारवाद एउटा विश्व दृष्टिकोण हो । यसमा राजनीतिक र नैतिक दर्शन दुवै पाइन्छ । यी दुवै दर्शनले ‘स्वतन्त्रताको अवधारणा’ लाई फन्को मारिरहन्छन् ।
‘स्वतन्त्रता’ भनेको के हो ? यो प्रश्नको जवाफ मान्छेपिच्छे फरक आउँछ । साढे तीन सय वर्षदेखि विभिन्न उदारवादी विचारकहरूले भिन्दाभिन्दै जवाफ दिएका छन् । ती जवाफ कहिले आपसमा बाझिन्छन् त कहिले मिल्दाजुल्दा पनि हुन्छन् । उदारवादी राजनीतिक सिद्धान्तले पस्किने आदर्श हो, औपचारिक र राजकीय तटस्थतामा आधारित सार्वजनिन मानव मुक्त । तर, यसको भौतिक आचार–विचार (प्राक्सिस) हेर्दा प्रस्ट हुन्छ, उदारवाद मूलतः पुँजी सञ्चयको राजनीतिक अर्थशास्त्र हो । अथवा, पुँजी नै मानव सुखलाई चरमचु

आइजाया बर्लिन
लीमा पु¥याउने मूल चालकशक्ति हो भन्ने ठम्याइ नै उदारवाद हो ।
मान्छेका आँखामा धुलो फाल्दै उदारवादले स्वतन्त्रता भनेकै निजी सम्पत्तिको अधिकार र बजारु सम्बन्ध हो भन्छ । यसरी उसले ठोस आर्थिक थिचोमिचोलाई अमूर्त बनाउँछ वा ओझेल पार्छ । अघिको शासन प्रणालीलाई धनाढ्यहरूको तानाशाहीमा बदल्दै उदारवादले बहुमत मानिसमाथि संरचनात्मक थिचोमिचो थोपरेर मुट्ठीभर मानिसलाई निरपेक्ष स्वतन्त्रता दिलाउँछ ।
उदारवादी शब्दकोशमा सफा

जोन लक
र मनमोहक राहत पाइन्छ । रोजाइ, स्वतन्त्रता, तटस्थता, अधिकार, प्रकृति, न्यायजस्ता शब्दलाई यसरी प्रस्तुत गरिन्छ । मानौँ, तिनीहरू स्वर्गबाट सिधै ईश्वरले पठाएका निरपेक्ष सत्य हुन्; आदर्शवादको वैतरणीमाथि तैरिने, मानव इतिहासको फोहरमैला र खुनपसिनाबाट एकदम अलग सर्वकालिक सत्य हुन् । उदारवादी सिद्धान्तले हामीलाई एउटा अलग्गै कल्पनालोकमा पु¥याउँछ । एक यस्तो लोकमा, जहाँ स्वच्छन्द मानिसहरू आफूखसी सबैसँग समान हुन्छन्; प्राकृतिक अवस्थालाई छिचोल्दै उनीहरू स्वतन्त्रकर्ताको रूपमा बजारमा प्रवेश गर्छन्, आपसमा सामाजिक र कानुनी करारपत्रमा हस्ताक्षर गर्छन्, मुन्टो हल्लाउँछन् र हात मिलाउँछन् । यो एकदम सफा र व्यवस्थित तस्बिर हो; पूर्ण उदारवादी श्वैरकल्पना हो ।
राजनीतिक दर्शनको ढड्डा पल्टाउँदै जाँदा हामीलाई यिनै अवधारणाबारे बहस गर्न लगाइन्छ । ती बहसमा न्यायको अवधारणामा देखिने पाखण्डलाई अप्ठ्यारोमा पार्ने गरी तर्क गर्न पाइँदैन । न्यायको यही अवधारणालाई प्रयोग गरी कुनै बेला दासप्रथा, उपनिवेशवाद, विश्वव्यापीकरण, पर्यावरणसंहार, जातिसंहारलाई सही ठह¥याइन्थ्यो । सोही अवधारणामा टेकेर फासीवादले उदारवादी समाजमा लोकतन्त्रलाई ‘कानुनैले’ स्वाहा पार्छ । हामीलाई यी विषयमा बहस गर्ने छुट हुन्न । बरु हामीलाई फ्रान्सको ‘प्रबोधन युग’, उदारवादी क्रान्ति, वाणिज्यतन्त्र र सामन्तवादको अन्त्य तथा पुँजीवादको उदयलाई ऐतिहासिक विकासक्रमको उच्चतम बिन्दु भनी घोकाइन्छ । हामीलाई ‘नकारात्मक स्वतन्त्रता’ राम्रो कि ‘सकारात्मक स्वतन्त्रता’ भनी घोत्लिन लगाइन्छ । (निजी धनको पहाडमाथि बसेको) राज्य के तटस्थ मध्यस्थकर्ता रहन सक्छ भनी हामीलाई सोच्न भनिन्छ । राज्य अदृश्य भए पनि सबैको वा ‘सार्वजनिक हात’ हो भनिन्छ । सैद्धान्तिकीको गञ्जागोल जालोमा फसेर हामी हाम्रो अस्तित्वको सबैभन्दा मूल यथार्थलाई बेवास्ता गर्न पुग्छौँ । त्यो मूल यथार्थ हो, स्वतन्त्रता कानुनी अमूर्तीकरण होइन, बरु भौतिक अवस्था हो ।
एउटा दासको लागि ‘व्यापार स्वतन्त्रता’ को के अर्थ ? सङ्गठित र शक्तिशाली मजदुर समूहलाई गोली ठोकिन्छ भने तिनलाई ‘भेला हुने स्वतन्त्रता’ को के अर्थ ? बेरोजगारी, भोक र दरिद्रताबाट बच्न मालिकलाई श्रमशक्ति बेच्नैपर्ने ज्याला मजदुरलाई ‘सम्झौता गर्ने स्वतन्त्रता’ को के अर्थ ? पुँजीको निर्दयी रजाइँमा ‘स्वतन्त्रता’ को उदार वाचा आफैमा ऐतिहासिक क्रूरता वा घिनलाग्दो मजाक हो । उदारवादले मान्छे जङ्गल (प्राकृतिक अवस्था) मा छँदा जति स्वतन्त्र थियो, त्यो भन्दा कत्ति पनि स्वतन्त्र बनाउँदैन । बरु, यसले सम्पत्तिलाई फुकाफाल छोड्छ र अमूर्त धारणाहरूलाई कानुनी जामा लगाइदिन्छ । यसले मट्ठीभर मानिसको पुँजी थुपार्ने निरङ्कुश अधिकारलाई नै ‘स्वतन्त्रता’ को अकाट्य परिभाषामा बदल्छ र बहुमत जनतालाई संरचनात्मक रूपमै मरीमरी बाँच्न बाध्य पार्छ ।
मनोबलले कोही धनी हुन्न

जोन स्टुअर्ट मिल
हामीले उदारवादलाई सार्वजनिन मानव मुक्तिको अपुरो प्रयासका रूपमा व्यवहार गर्न छोड्नुपर्छ । यो त्यस्तो कुनै प्रयास होइन । यसको ऐतिहासिक उदय र समकालीन अभ्यास दुवैलाई हेर्दा उदारवाद जहिल्यै पुँजी सञ्चय, पुँजीपतिहरूको शासन र धनाढ्य सत्ताधारीहरूको राजनीतिक दर्शन रहँदै आएको छ ।
उदारवादी सिद्धान्तकार जोन लकले बिर्ता वा मौजाहरूको सुरक्षामा जोड दिन्थे । आधुनिक उदारवादी आइजाया बर्लिनले गरिबी भनेको ‘असक्षमता’ मात्र हो, कुनै थिचोमिचो होइन भनेर अड्डी लिन्थे । यसरी उदारवादी विचारले जहिल्यै धनसम्पत्तिको भकारीवरिपरि पर्खाल खडा गर्ने प्रयास गर्दै आएको छ । अर्बपति र खर्बपतिहरूले ‘खुला व्यापार’ मा होमिने नाममा बहुराष्ट्रिय कम्पनी र कार्टेलमा जम्मा हुने धन खर्लप्प निलिरहँदा, नेतालाई चन्दा दिएर ‘निष्पक्ष’ निर्वाचन किनिरहँदा र मानव अस्तित्वका लागि नभई नहुने अत्यावश्यक स्रोतसाधनमाथि एकाधिकार जमाइरहँदा हामीलाई राज्य ‘तटस्थ’ रहन्छ भनेर विश्वास गर्न लगाइन्छ । तैपनि, असमानतालाई चुनौती दिने गरी गरिबगुरुवाहरू सङ्गठित हुँदा ‘तटस्थ’ उदार राज्य मिठा कुरा गर्न छोडी हिंसामा उत्रिन्छ; अड्डाअदालत, प्रहरी र राज्यबल प्रयोग गर्छ ।
एकदम प्रतिभाशाली उदारवादी विचारकले समेत यो विचारधाराभित्र रहेका अन्तर्विरोधहरूलाई लुकाउन सकेको छैन । जोन स्टुआर्ट मिललाई व्यक्तिगत स्वतन्त्रता र उपयोगितावादका पैरवीकर्ता मानिन्छ । ‘स्वतन्त्रताबारे’ नामक पुस्तकमा उनले लेखे, “तानाशाही व्यवस्था बर्बर जातिहरूसँग व्यवहार गर्ने सबैभन्दा वैध तरिका हो ।” यहीनिर देखिन्छ उदार आचार–व्यवहारको सक्कली इतिहास – विदेशमा साम्राज्यवादी लुटपाट, औपनिवेशिक अत्याचार र उग्रशोषणका क्रूरतम अस्त्र प्रयोग गरी थुपारिने अकूत धनदौलतबाट स्वदेशमा औपचारिक अधिकारयुक्त सुशासन ।
अमूर्त तर्कबाजीभन्दा पर
पुँजीवादी प्रभुत्वको कसिलो सनासोबाट मुक्त हुने हो भने सुरुमा त्यसलाई जोगाउने सैद्धान्तिक चौकिल्लालाई हामीले भत्काउनैपर्छ । पुँजीवादी बुद्धिजीवीहरूले लेख्ने मानव मुक्तिको कागजी परिभाषालाई हामीले अस्वीकार गर्नैपर्छ । व्यक्तिसँग स्वतन्त्रताको अभ्यास गर्ने भौतिक साधन नै छैन भने स्वर्ण अक्षरले लेखिएको अधिकार पनि खोक्रो वाचा साबित हुन्छ । व्यक्तिले भौतिक रूपमा के गर्न सक्छ भन्ने कुराप्रति आँखा चिम्लेर केवल कानुनतः के गर्न सकिन्छ भनेकै भरमा स्वतन्त्रताको नापतौल हुन्छ भने त्यो स्वतन्त्रता वास्तविक र दिगो हुन सक्दैन ।
वास्तविक मुक्ति, वास्तविक स्वतन्त्रताका लागि जीवनको भौतिक जगको सम्झौताहीन ग्यारेन्टी हुनुपर्छ । सबैलाई स्तरीय आवास, जन्मेदेखि नमर्दासम्म चौतर्फी स्वास्थ्यसेवा, बाल्यकालदेखि विश्वविद्यालयसम्म पूर्णतः सरकारी शिक्षा, मर्यादित र सार्थक रोजगारी दिनुपर्छ । सार्वजनिन मुक्तिको लागि व्यक्ति विशेषले अरू व्यक्तिलाई, पृथ्वीका सीमित स्रोतसाधनलाई, भूमि र सम्पत्तिलाई आफ्नो खल्तीमा राख्न पाउने परिपाटीको अन्त्य हुनुपर्छ । किनभने, हामी सबै धर्तीका पाहुना र माली मात्र हौँ । स्वतन्त्रता भनेको खल्तीमा सबैखाले राजनीतिक स्वतन्त्रताको वाचा गरिएको संविधान बोकेर गल्लीमा भुस्याहा कुकुरझैँ भोकभोकै छटपटिने छुट होइन । हाम्रा आधारभूत मानवीय आवश्यकतालाई सम्झौताको विषय नबनाई एक सामाजिक अधिकारको रूपमा पूर्ण प्रत्याभूत गरिने स्थितिलाई मात्र साँचो स्वतन्त्रता भन्न मिल्छ ।
जबसम्म पुँजी र बहुराष्ट्रिय कम्पनीको केन्द्रीकृत नाफा बढाउने वस्तुको रूपमा श्रमको किनबेच हुन्छ, कामदार आफ्नै अस्तित्वबाट अलगावमा परिरहन्छ । स्वतन्त्रतालाई संविधानका ढड्डाबाट बाहिर निकाल्न श्रमजीवी जनता आफ्नो भौतिक र मानसिक उत्पादनको वास्तविक मालिक बन्नुपर्छ; आफ्नो पसिनाको प्रतिफल उनीहरूले नै पाउनुपर्छ, आफ्नो श्रम कहाँ लगाउने भन्ने निक्र्योल उनीहरू आफैले गर्नुपर्छ; बजारको तानाशाही र अस्थिरताबाट मुक्त भएर उनीहरूले आफ्नो भाग्यलाई आफै आकार दिन पाउनुपर्छ । औपचारिक राजनीतिक अधिकारले नै हामीलाई मुक्त गर्न सक्छ भन्ने भ्रमबाट हामी बाहिर निस्किनुपर्छ र एक यस्तो संसारको निम्ति सङ्घर्ष गर्नुपर्छ, जहाँ मानव मुक्तिको वाचालाई एक जीवन्त यथार्थमा बदल्न सकियोस् । अर्को शब्दमा भन्छु, हामीले पूर्ण मानवीय मुक्तिका लागि सङ्घर्ष गर्नुपर्छ ।
(स्रोत : सिम्प्लिफाइङ सोसलिज्म । सम्यक)
Leave a Reply