ऐतिहासिक खगां भैलः प्याखँ पुनर्जीवनका लागि आर्थिक सहयोग आह्वान
- श्रावण २९, २०८३
भक्तपुर, २९ साउन । भक्तपुर जिल्ला आज चार नगरपालिकामा विभाजित छ । भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिका गरी जिल्लाको जनसङ्ख्या ४ लाख ३२ हजार बताइन्छ ।
भक्तपुर र मध्यपुर प्राचीन नगरकै सिलसिला हो भने चाँगुनारायण र सूर्यविनायक नगरपालिका पञ्चायत व्यवस्थापछिको प्रजातान्त्रिक र गणतान्त्रिक सङ्घर्षको देन हो ।
नेपालमा प्राचीन नगरहरू (जनकपुर, पोखरा, काठमाडौँ र पाटन) र राणाकालमा स्थापना हुँदै विकास भएका राजविराज, विराटनगर, वीरगञ्ज, धरान, धनकुटा, नेपालगञ्ज आदि हुन् भने पञ्चायतकालमा हेटौँडा, चितवन, भरतपुर, पूर्व र पश्चिमका पुराना सदरमुकाम वा सरकारी कार्यालयहरूको बस्ती हुँदै अहिले सहर बन्दै छन् । जस्तैः बुटवल, भैरहवा, सुर्खेत आदि ।
तर भूगोलविद् र समाजशास्त्रीहरूले नेपालमा छरिएर बसेका गाउँका जनतालाई एक पायक पर्ने ठाउँमा बसाइँसराइ गर्दै नगरहरूको विकासले देशलाई नयाँ मुहार र विकास निर्माणको पाइला चाल्ने दृष्टिकोण राखेको देखियो ।
तर, राजविराजजस्तो राणाकालमै बनाइएको व्यवस्थित नगर आज पनि लथालिङ्गै छ भने पञ्चायतकालमा खड्गबहादुर सिंहबाट टीकापुर व्यवस्थित नगरको योजना बनाइएको थियो । जग्गा धनी र टाठाबाठाहरूले हात पारेपछि एमाओवादीको बेला झन् भद्रगोल नै भयो । हवाई सेवाको निम्ति छुट्याएको भूमिसमेत व्यक्ति व्यक्तिले आ–आफ्नो कब्जा (मातहत) मा लिए ।
यसरी केन्द्रमा जस्तै प्रदेश, जिल्ला, गाउँ एवं सहरमा पनि सुल्झिएको राजनैतिक नेतृत्वको अभावको कारण जसरी दोस्रो विश्वयुद्धमा लाखौँलाख जनधनलाई ध्वस्त पार्ने हिटलरका युद्ध अपराधी घोषणा भएका सैनिक अधिकारीहरूलाई पछि प्रजातन्त्र र साम्यवादसँग लड्नको निम्ति अमेरिकी दक्षिणपन्थी सरकार वा ट्रुमेन र बेलायती क्रूर राजनीतिज्ञ चर्चिलले दक्षिण अमेरिकामा भगाइएकाहरूको सन्तानमध्ये पछि ब्राजिलको राष्ट्रपति बनाइएको बोल्सोनारोले ‘संसारको फोक्सो’ भनिएको ब्राजिलको जङ्गलमा आगो लगाउन दिएका थिए । त्यस्तै जङ्गलहरूमा हवाई मैदानको नाममा खर्बौं खर्बको नेपालका जङ्गलका काठहरू तस्करी गराउन खोज्ने र देशलाई प्रदूषणमा फसाउने षड्यन्त्रहरू पनि केही नेताहरूले गरेको बताइन्छ ।
जसरी काठमाडौँ उपत्यकामै पञ्च, प्रजातन्त्र र गणतन्त्रपछिका नेता र कार्यकर्ताहरूले बसोबास गर्नमा अपराध गरे ती सबै साह्रै तुच्छ र छोटो बुद्धिको परिणाम हो भन्ने परिणामले देखाउँदै छ । आफ्ना गाउँ ठाउँमा नातागोता, साथीभाइ र कार्यकर्तालाई फकाई फुलाई वा पैसा लिई वा पैसा नलिई काठमाडौँको मतदाता बनाउने उद्देश्यले मनोहरा, विष्णुमती र वाग्मती नदीको किनारमा बसोबास गराए । पञ्चायतभन्दा पहिले तीनकुनेनजिक सबै वाग्मती किनारा आज आफै सहरको रूपमा घरहरूले भरियो । त्यसले पशुपति आँखाबाट ओझेल भयो र किनारा सबै व्यक्ति व्यक्तिको घर बन्यो ।
हरेक विषयमा अव्यवस्था भद्रगोल भएको हुँदा वाग्मती किनारका घरहरूमा पहिले पशुपतिका बाँदरहरू घरमा पस्थे । आखिर संसद्मा समेत ‘सिंहदरबारमा बाँदर पस्यो’ भन्ने आवाज सुनियो ।
आज उपत्यकाको हरेक नयाँ बस्तीमा पनि ‘पशुपतिको बाँदर पस्यो’ भन्ने कहावत चल्यो ।
यी सबै अराजकताको जिम्मेवार सरकारमा गएका नेताहरू नै हुन् भन्ने निष्कर्षमा पुग्यो । स्वर सानो होला तर सत्य छ । सहरमा आएर घर धेरै बनाइयो, आफ्नो पार्टीलाई मत दियो, आनीबानी भाषा र व्यवहार ठाउँअनुसारको भएन । एमालेका नेता ओली भक्तपुरको सूर्यविनायक नगरमा आएर बसे† उनले यसैलाई जित सम्झे ।
आज त्यही कारण आफ्नै ठाउँमा बालेनको उम्मेदवारीले ‘अपराधको फल कस्तो हुन्छ’ भने चखाइदियो । यो स्थिति सबै ठाउँमा छ, नकारात्मक नभई राम्रो मनले देश र जनताको सेवा गर्ने भावना राखेर काम गरेको भए हुन्थ्यो, तर उद्देश्य राम्रो थिएन र परिणाम पनि राम्रो भएन, सबै सचेत हुनुपर्ने अनुभव सबै जानकारहरूको छ ।
Leave a Reply