भर्खरै :

ए ट्रम्प ! प्रायश्चित गर !

ए ट्रम्प ! प्रायश्चित गर !

ए ट्रम्प !
संसारको ‘प्रहरी’ ठान्छौ ?
नाटोको ‘बोस’ सम्झन्छौ ?
तर,
इरानदेखि डराउँछौ किन ?
गएको जुलाई ९ का दिन
टर्कीबाट फिर्ता हँुदा
खाना बोक्ने ट्रकमा लुक्दै
विमान फेर्दै भागेको किन ?
सन् २००० मा
पाकिस्तानबाट यसरी नै
बिल क्लिन्टन भागेको
सम्झना भयो कि ?
कि इरानी सैन्य कमान्डर सुलेमानी
इराकमा हत्या गर्दाको
बदला लिने डर लाग्यो ?
कि यही वर्ष इरानी नेता
खोमेनी हत्याको बदला लिने
डर लाग्यो ?
कि प्यालेस्टिनमा नरसंहारको
बदला लिने डर लाग्यो ?
त्यसैले ट्रम्प !
हतियारको होडबाजी त्याग !
नरसंहार पनि त्याग !
प्रायश्चित गर !
‘नर्क’ बाट माथि उठ !
(२०८३ असार २९ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *