गजल
- श्रावण २९, २०८३
अहङ्कारै अहङ्कारले
सत्ता उन्मादले
मै हुँ भन्नेहरू सब
पुरानै रोगले ग्रसित ।
नयाँको नयाँ पनि यहाँ
भेटिँदैन कुनै
सिद्धान्त विचारबिना
गन्तव्यहीन ।
बहकिन्छन् आफ्नै पाराले
हरेक काम कारबाही
सकारात्मकभन्दा
नकारात्मक हुन्छन् ।
अनुभव क्षमताहीन
सफलतामा होइन
असफलतामा तुहिन्छ
परिणामबिना ।
आफै धामी, आफै झाक्री
वर्तमान घरमुली
दीक्षक, साथ सङ्गत
भस्मासुर नै ।
Leave a Reply