जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित
- भाद्र २८, २०८३
भक्तपुर, २ असार । शनिबार भक्तपुरको भेलुखेलमा एउटा रोचक दृश्य देखियो । नजिकैको हनुमन्ते खोलामा बन्न लागेको पुलको शिलान्यास गर्न पुगेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले जब आफूलाई लगाइदिन लागेको फूलको माला लिएर ‘काम गर्ने तपाईहरु नै हो’ भन्दै स्थानीयलाई नै माला लगाएर सम्मान गरे तब वरिपरिबाट तालीको गड्गडाहट सुनियो । अध्यक्ष बिजुक्छेले शनिबार बिहान गय् भिंद्यो हनुमन्ते खोलामा भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको नयाँ पुलको एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।
नजिकैको हनुमन्ते खोलामा बन्न लागेको पुलको शिलान्यास गर्न पुगेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले जब आफूलाई लगाइदिन लागेको फूलको माला लिएर ‘काम गर्ने तपाईहरु नै हो’ भन्दै स्थानीयलाई नै माला लगाएर सम्मान गरे तब वरिपरिबाट तालीको गड्गडाहट सुनियो ।.
जम्मा रू. २ करोड ७५ लाख २८ हजार २६६ रूपैयाँ ६६ पैसा अनुमानित खर्चमा बन्न लागेको सो पुल २५ मिटरको हुनेछ ।
पुल शिलान्यासको क्रममा आयोजित स्थानीयहरूको सभामा बोल्दै बिजुक्छेंले सार्वजनिक निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदा निर्माण गुणस्तरीय हुने भएकोले भक्तपुर नगरपालिकाले हरेक विकास निर्माण कार्य उपभोक्ता समितिमार्फत गराउँदै आउनु अनुकरणीय भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा कमिसन र नाफा लिई सरकारी निर्माण कार्य ठेक्कामा गराउने हुँदा गुणस्तरहीन निर्माण हुने उहाँको भनाइ थियो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘नगरको कुनै पनि ठाउँमा हुने विकासले हामी सबैको हित हुने हुँदा इमानदारीपूर्वक र पारदर्शीका साथ काम गर्न आवश्यक छ । भक्तपुर नगरपालिकाले पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पचपन्न झ्याले दरबारको समयमै जीर्णोद्धार गरी सम्पदा संरक्षणमा गरेको योगदान सराहनीय छ ।’
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनताको राय–सुझावअनुसार नगरको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।
नगरको विकास योजनाबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘उपभोक्ता समितिमार्फत कार्य गराउँदा जनताको सहभागिता उत्साहजनक हुने भएकोले कानुनी प्रक्रिया मिलाई नगरपालिकाले उपभोक्ता समितिमार्फत नै विकास निर्माणको कार्य अगाडि बढाउने छ ।’
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक नगरको पहिचानलाई कायम राख्दै मापदण्ड बनाइ भनपाले कार्य गरिरहेको बताउनुभयो ।
गय भिंद्यो हनुमन्ते खोला पुल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीभक्त कवाँको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां, समितिका सचिव अञ्जु मचामसी, कोषाध्यक्ष नारायणप्रसाद कवां र स्थानीय श्यामसुन्दर कवांले पनि बोल्नुभएको थियो ।
Leave a Reply