चाँगुमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शिक्षक भेला भयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले शिक्षकले विद्यार्थीलाई आदर्श समाजको लागि तयार गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थी वर्गलाई वैज्ञानिक चिन्तन र भौतिकवादी दृष्टिकोणले सुसज्जित बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षक स्वयम् प्रविधिसित अद्यावधिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले विद्यार्थीलाई इतिहास सँगसँगै सच्चा चरित्र विकासमा शिक्षकहरूले सहयोग गर्नुपर्ने, विद्यालय राम्रो गर्न खोज्दा पनि कैयौँ अड्चन आउने भएकोले शिक्षकहरू सचेत र सजग रहनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ केन्द्रीय समितिका सदस्य जगन्नाथ सुजखुले आइतबारे बिदाले गरिब जनताका छोराछोरीलाई प्रत्यक्ष असर गर्ने भएकोले आइतबारलाई रचनात्मक कार्यक्रम गरी उपयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले शिक्षक समाजको अवयव भएकोले राजनीतिबाट अलग हुन नसक्ने र सही मार्ग शिक्षकले मात्र दिन सक्ने भएकोले शिक्षकलाई राजनीतिबाट अलग राख्न खोज्नु गलत हो भन्नुभयो ।
समितिका अध्यक्ष केपी छुस्याकीको सभापतित्वमा भएको उक्त भेलाले सुरेश बखुन्छेको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो ।
Leave a Reply