“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
– कमलराज गोसाई
सानो छँदा आजको दिन मनाउँदै गरेको पर्वलाई ‘सित्तैमा आएको चाडँको रुपमा बुझेको थिएँ । बारा र चटामारी खाएर रमाउँथ‘े । अलिक ठूलो भएपछि पानीका स्रोतहरू सफा गर्ने पर्वको रुपमा बुझ्न थालें । तर आज उमेरले तीन दशक पार गरेपछि सिठी नखाः को महिमाको बारे थप बुझ्दैछु । सिठी नखाः ‘सित्तैमा आएकोँ होइन रहेछ, यस पर्व मनाउनुका वैज्ञानिक र सांस्कुतिक कारण रहेछन् ।
नेपाल भाषामा ‘नखाःँ को अर्थ पर्व हो र संस्कृत शब्द ‘षष्ठीँ अपभ्रंश भएर ‘सिठीँ हुन थालेको रहेछ । त्यसैले जेठ महिनाको शुक्ल पँको षष्ठीको दिन मनाउने पर्व भएकोले यो पर्वको नाम ‘सिठी नखाःँ हुन गएको संस्कृतिविद्हरूको बुझाइ छ । यो पर्व यही महिना नै मनाउनुका वैज्ञानिक र सांस्कृतिक कारण छन् ।
एक दशक अगाडिसम्म पनि हाम्रो दैनिकीको लागि चाहिने बढी प्रतिशत पानीको स्रोत इनार, ढुङ्गेधारा, कुवा र पोखरी थिए । हिजोआज ‘आधुनिकीकरणँले गर्दा हो वा जनसङ्ख्या र जनघनँव बढेको कारणले हो, हाम्रो लागि पानीको स्रोत ट्याङ्करको पानी बन्न थालेको छ । त्यसैले हामी यो पर्वको महिमा बिस्तारै–बिस्तारै बिर्सदै छौं । जति–जति हामीले आँनो संस्कृति र पर्वको महिमा बिर्सदैं जान्छौं, हाम्रो अस्तित्व पनि सङ्कटमा पर्दै जानेछ ।

चैत–वैशाखको चर्किलो घामले पानीका स्रोतहरू सुक्न थाल्छन् र पानीका स्रोतहरूमा पानीको सतह एकदम कम भइसक्छ र जति पानी बाँकी हुन्छ, त्यो पनि कुहिएको जस्तो र फोहर भइसक्छ । यसका साथै वर्षभरि पिंधमा फोहर र माटो पनि जम्मा भइसक्छ । जेठ महिनाको आगमन भएदेखि वर्षा सुरु हुन थाल्छ र त्यसैले यो महिनामा इनार ढुङ्गेधारा, कुवा इत्यादि सफा गर्नु उचित मानिन्छ । त्यसैले असारे वर्षा (नयाँ पानी) जम्मा हुनुपूर्व पानीका स्रोतहरू सफा गर्नु वातावरणीय र वैज्ञानिक पँबाट पनि आवश्यक हुन्छ । यही आवश्यकतालाई महसुस गरी हाम्रा पूर्वजहरूले आजको दिन यो पावन कार्य गर्नुपर्छ भनी संस्कृति सुरु गरेको हुनुपर्छ ।
यो पर्वको अर्को वातावरणीय र वैज्ञानिक कारण पानीका स्रोतहरू सफा गरेपछि लगभग एक हप्तासम्म प्रयोग नगर्नु पनि हो । सफाइ गर्ने बित्तिकै इनारमा पानी लगभग हुँदैन । तर चार–पाँच दिन त्यत्तिकै छोड्दा असारे पानीले गर्दा जमीनमुनिको पानीको तह पुनः भरिन थाल्छ र इनारमा एक हप्ताभित्र सफा पानी बढ््न थाल्छ ।
कृषकको निम्ति खोला–खोल्सा र सिंचाइका कुला शरीरका नसाहरू जस्तै हुन् । जसरी धेरै बोसोयुक्त खाद्यान्न खायौं भने हाम्रो रक्तनलीमा जम्मा हुन्छ । रक्तनली सङ्कुचित हुन्छ र रक्त प्रवाह कम भई भयावह रोग लाग्छ, त्यसैगरी वर्षभरि पात– पतिङ्गर, काठ, फोहर, बालुवा इत्यादि जमेर कुला बन्द हुन्छन् र सिंचाइमा समस्या पैदा गर्दछन् । धान रोप्न धेरै पानीको प्रवाह आवश्यक पर्दछ, त्यसैले धान रोप्ने समयमा पानीको मात्रा कम नहोस् भनी किसानहरू आजको दिन साइत पारी कुला–कुलेसा पनि सफा गर्ने गर्दछन् । त्यसैले पनि सिठी नखाः पर्व मनाउनु वातावरणीय हिसाबमा होस् या आर्थिक–सामाजिक रुपमा होस्, महँवपूर्ण छ ।
जेठको पारिलो घाममा कुला–कुलेसा सफा गर्ने हुँदा धानको बीउ उमार्न पानीको समस्या पर्दैन र असारमा धान रोप्न ठिक्क हुन्छ । धान रोप्न खेत तयार गर्न र धान रोप्न धेरै शक्तिको आवश्यकता पर्छ । त्यसैले नेवारहरू यो दिन चटामारी र वः (बारा) टन्न खाई शक्ति सङ्कलन गर्दछन् । वर्षासँगै रोगहरू फैलिन सक्ने खतरा बढ्छ । त्यसैले तागतिलो खाना खाएर रोग प्रतिरोधात्मक क्षमता बढाउन नेवारहरू यो दिन विभिन्न खाद्यवस्तु खाई भविष्यको लागि तयारी गर्छन् । त्यसैले पनि यो पर्व वैज्ञानिक छ भन्ने स्पष्ट गर्दछ ।
भर्खरै हामीले जून ५ तारिखको दिन अन्तर्राष्ट्रिय विश्व वातावरण दिवस मनायौं । जसको कुनै वैज्ञानिक वा वातावरणीय तुक छैन । हामीसँग सिठी नखाः जस्तो राष्ट्रिय, अझ भनौं नेपालभाषा बोल्नेहरूको वातावरण दिवस र सिम्सार दिवस रहेछ । कस्तुरी मृगले आफ्नो शरीरबाट निस्केको बीणा थाहा नपाएजस्तै नेवारहरूले पनि आफ्नो यत्ति महत्ता बोकेको दिवसको बारेमा चाल पाइरहेका छैनन् । पर्व मनाएर पर्व पनि जगेर्ना गर्न पाइने, आफ्नो पानीका स्रोतहरू पनि बच्ने, योभन्दा राम्रो दिन अरु के होला र ?
केही वर्षअघि कमलविनायक पोखरी र च्याम्हासिंहको पोखरीका माछा मरेर तैरिरहेको दृश्य धेरैको मस्तिष्कमा ताजा छ होला । त्यसपछिका वर्षहरूमा र केही दिन अघि पनि कमलविनायक पोखरीका माछा मरेका थिए । माछा मर्नुका अनेक कारणहरू हुनसक्छन् । जस्तै गाडी र इँटाभट्टाबाट निस्केको धुवाँ, धुलो, पोखरी वरिपरि अव्यवस्थित पसलहरूका फोहर, पानी सधंै स्थिर रहनु र अक्सिजन मिसिन नपाउनु । यसरी हाम्रो पोखरी, ताल–तलैया र इनार प्रदूषित भइरहेका छन् । त्यसैले पनि यो दिन अझ बढी मनाउनु आवश्यक देखिन्छ ।
रुसमा विश्वकप २०१८ भइरहेको छ । सुरुको दिन मन्टेश्वरी र अन्य स्कूलहरूमा विश्वकप लागेछ । समयले आमा–बुबालाई बाध्य बनाई बच्चाहरूको निम्ति जर्सी सेट किन्न लगायो, एक छिन लगाए, पैसाको सत्यानास ग¥यो । नयाँ बाह्य संस्कृतिको बीजारोपण ग¥यो । अस्ति क्रिस्मसको दिन पनि सान्टा क्लजको लुगा लगाउन दिएर उपहार लिने–दिने गराई पश्चिमेली संस्कृति भित्रियो । तर हाम्रा मन्टेश्वरी र स्कूलहरूमा हाम्रै पर्व, संस्कार र सांस्कृतिक उपमाको बारेमा शिक्षित गर्न चुकिरहेका छौं । संस्कार र संस्कृति भनेको हाम्रो विकासको मेरुदण्ड हो, त्यसैले पनि मन्टेश्वरी र स्कूलहरूको नयाँ जिम्मेवारी ग्रहण गर्नु जरुरी छ । उनीहरूले आफ्नो स्कूलको पानीको ट्याङ्की सफा गर्ने, धारा सफा गर्ने, आँगन सफा गर्ने, सिठी नखाः को महँवबारे चर्चा गर्ने गर्नाले नयाँ पिंढीमा पर्वको महँवको अमिट छाप पर्ने अवश्म्भावी छ ।
लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ ।
Leave a Reply