निहत्थाको हत्या र देश जलाइएको एक वर्ष
- भाद्र २२, २०८३
भक्तपुर, २२ भदौ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट रु. ७५ लाख ७१ हजार ६७९.५२ पैसा आर्थिक सहयोग गरेको छ ।
रसुवाको भोटेकोसी बाढीपीडितको लागि भक्तपुर नगरपालिकाको तर्फबाट रु. ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट रु. १७ लाख ७९ हजार ९८७, सफाइ ठेकेदार र ज्यालादारी तर्फबाट रु. १ लाख ६८ हजार ५३१, जनप्रतिनिधिको तर्फबाट रु. १ लाख, प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट रु. १७ हजार ५७२ आर्थिक सहयोग गरिएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले रु. १ लाख ९५ हजार ५५६.५२, ख्वप माविले रु. ६ लाख ६२ हजार १६६, ख्वप कलेज अफ लले रु. ४४ हजार ६६, ख्वप इन्जिनियरिङ कलेजले रु. ४ लाख १३ हजार ५००, ख्वप कलेज अफ इन्जिनियरिङले रु. ३ लाख ४४ हजार ९०१, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले रु. ८३ हजार र ख्वप अस्पतालले रु. ७ लाख ६२ हजार ४०० प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
भक्तपुर नगरपालिकाले विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले भदौ १८ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
Leave a Reply