भर्खरै :

महाबुमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

महाबुमा ‘भक्तपुर काण्ड’ को भत्र्सना

कालीकोट, २२ भदौ । नेमकिपा महाबु गाउँ समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम गरियो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समितिका सल्लाहकार सदस्य बमबहादुर सिंहले भक्तपुर काण्डबारे कार्यकर्ताबिच चर्चा गर्दै भन्नुभयो, “३९ वर्षअगाडि नेमकिपालाई समूल नष्ट गर्ने प्रयास निरङ्कुश पञ्चायती व्यवस्थाले गर्यो । अहिले पनि पुँजीवादी व्यवस्थाका मतियारहरूले फरक ढङ्गबाट पार्टीलाई फसाउन प्रयास गर्न सक्छन् ।”
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सदस्य दुर्गबहादुर थापा, गीता थापा, मनबहादुर खत्रीले भक्तपुर काण्डबारे आ–आफ्नो अनुभव कार्यकर्ताबिच राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व भगीराम थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *