भर्खरै :

शिक्षकहरूमाझ भक्तपुर काण्डको भत्र्सना एवम् विरोध

शिक्षकहरूमाझ भक्तपुर काण्डको भत्र्सना एवम् विरोध

भक्तपुर, २२ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ आदर्श आजाद एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले २०४५ भदौ ९ गते तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका शासकहरूले भक्तपुरमा आतङ्क सृजना गरेको र नेपाल मजदुर किसान पार्टीका नेता, कार्यकर्ता एवम् आबद्ध भक्तपुरवासीलाई चरम यातना र दमन गरेको विरोधमा सम्पूर्ण जनता सङ्गठित हुन सकेको कारण निरङ्कुश पञ्चायती व्यवस्था आफै पतन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पनि जुनसुकै बेला राज्यस्तरबाट त्यस्ता षड्यन्त्र गरी आतङ्क मच्चाउने, दमन गर्ने, यातना दिने जस्ता कार्य हुन सक्ने भएकोले सचेत र सङ्गठित हुनु जरूरी छ ।”
तत्कालीन समयमा पञ्चायती राज्यको षड्यन्त्र र आतङ्कविरूद्ध कानुन व्यवसायी र मानव अधिकारवादीका सङ्घ–संस्था र प्रतिबन्धित राजनीतिक पार्टीहरूले निरङ्कुश र तानाशाही पञ्चायती राज्य स्तरको त्यस षड्यन्त्र र झूटा मुद्दाको विरोधमा साथ दिएको उहाँले उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष शिवराम बोहजूको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरू गणेशराम थुसा, सुभद्रा दुवाल र रत्नश्वरी चवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *