होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी
- भाद्र २२, २०८३
भक्तपुर, २२ भदौ । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा संस्थाको आ.व.२०८२/८३ को वार्षिक समीक्षा तथा संस्थाको १९ औँ वार्षिक साधारणसभासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीकृष्ण किसीले सहकारीलाई दिगो रूपमा विकास गर्नको लागि इमानदारीता, पारदर्शिता र सहयोगी भावना अपरिहार्य छ भन्नुभयो । उहाँले नेमकिपाका अग्रज नेता, कार्यकर्ताहरूको समर्पण र योगदानले गर्दा आज मजदुर र किसानहरूको जीवनस्तर माथि उठेको कुरा नयाँ पुस्तालाई सम्झाउन नसकेमा उनीहरू आफ्नै भाग्यले यो सुख, सुविधा पाएको भनी पार्टीको योगदानलाई बिर्सिने बताउनुभयो ।
संस्थापक सदस्य एवं भ.न.पा. ७ का वडाध्यक्ष उकेश कवांले संस्थाले धेरै बचत सङ्कलन गरेर संस्था ठुलो बनाउनुभन्दा सुरक्षित लगानी गरेर सदस्यहरूलाई आफ्नो बचतको सुरक्षाको अनुभूति दिलाउनु आजको आवश्यकता भएको औँल्याउँदै सरकारले विदेशी पुँजी लगानीमा प्राथमिकता दिएमा देश विस्तारै परनिर्भर हुने बताउनुभयो ।
उहाँले हाम्रो देशमा भारतीय एकाधिकार पुँजीको हाबी भएसम्म देशको उद्योगधन्दा फस्ताउन नसक्ने धारणा राख्नुभयो ।
सल्लाहकार नाति कवांले आर्थिक कारोबारको साथै सामाजिक क्रियाकलापहरू पनि गर्न सकेमा सदस्यहरू र समुदाय संस्थाप्रति आकर्षित हुने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद किसीले आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को वित्तीय विवरण समीक्षात्मरूपमा प्रस्तुत गर्नुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक अनिता सिंख्वालले संस्थामा तरलता बढी भएमा नाफा कम हुने भएकोले सुरक्षित लगानीमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष नारायणप्रसाद कवांले आर्थिक कारोबारको साथै सामाजिक दायित्व पनि निर्वाह गर्दै आएको यस संस्थाको २०८३ असोज १७ गते शनिबार हुने १९ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष पुण्यराम कवां, व्यवस्थापक तुल्सीराम ग्वाछा र आशाकुमार चिकंबञ्जारले संस्थाको प्रगतिको निम्ति सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
Leave a Reply