भर्खरै :

तेर्सिएको प्रश्न

तेर्सिएको प्रश्न

सहिद योद्धाहरूका
बगेका रगत आलै छन्
खोला त¥यो लौरो बिस्र्यो
व्यवहार गर्दै छन् ।

भदौ २४ को वार्षिकसम्म पनि
सहिदहरूको लास बेवारिस
सरकारहरू बेमतलबी
जुृँगामा ताउ लाउँदै छन् ।

सहिद परिवारहरू बेहाल
घाइते योद्धाहरूको उही हाल
मान सम्मान के हो ?
सिङ न पुच्छर भएका छन् ।

भस्मासुरहरू भने यहाँ
योगदान नयाँ पुस्ताको भन्दै
फुरफु¥याउँदै, उचाल्दै, थचार्दै
अरूको इच्छामा चल्दै छन् ।

विभत्स आगोले जलेको
सम्पदाहरूको खरानी
विभूति भनी घस्दै यहाँ
सारा जनलाई भ्रममा पार्दै छन् ।

सहिद र योद्धाहरूको भावना
रसुवा भोटेकोसीले बगाएझैँ
क्षतविक्षत भएको मनमा अब
मलमपट्टी लगाउने कहाँ छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *