छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
सहिद योद्धाहरूका
बगेका रगत आलै छन्
खोला त¥यो लौरो बिस्र्यो
व्यवहार गर्दै छन् ।
भदौ २४ को वार्षिकसम्म पनि
सहिदहरूको लास बेवारिस
सरकारहरू बेमतलबी
जुृँगामा ताउ लाउँदै छन् ।
सहिद परिवारहरू बेहाल
घाइते योद्धाहरूको उही हाल
मान सम्मान के हो ?
सिङ न पुच्छर भएका छन् ।
भस्मासुरहरू भने यहाँ
योगदान नयाँ पुस्ताको भन्दै
फुरफु¥याउँदै, उचाल्दै, थचार्दै
अरूको इच्छामा चल्दै छन् ।
विभत्स आगोले जलेको
सम्पदाहरूको खरानी
विभूति भनी घस्दै यहाँ
सारा जनलाई भ्रममा पार्दै छन् ।
सहिद र योद्धाहरूको भावना
रसुवा भोटेकोसीले बगाएझैँ
क्षतविक्षत भएको मनमा अब
मलमपट्टी लगाउने कहाँ छन् ?
Leave a Reply