भर्खरै :

विश्व कपका पाँच दिन पाँच दृश्य

विश्व कपअन्तर्गत म·लबार समूह खेलको पहिलो चरण समाप्त भयो । पहिलो पाँच दिनका खेलहरूमा संसारभरका दर्शकहरूले महसुस गरेका केही कुरा यस्ता छन् :
क) विश्व कप फुटबल बिहेभोज हो र संसार यसका पाहुना हुन् ।
रुस विश्व कप केही सन्देहसँगै सुरु भयो । हुलद·ा, कमजोर सुरक्षा र झुर व्यवस्थापनबीच साँच्चै रुसले सफलतापूर्वक विश्व कप आयोजना गर्ला र भन्ने सन्देह थियो–विश्वजगतमा । सन् २०१७ मा भएको कन्फेडरेशन कपमा देखिएको समस्याका कारण पनि त्यस्तो सन्देह जन्मिनु स्वाभाविक थियो ।
तर अहिलेसम्म त्यस्तो केही अप्रिय भएको छैन । संसारभरबाट आएका फुटबलप्रेमीहरू एकै समयमा एकै ठाउँमा भेला भएका छन् । वास्तवमा अहिले विश्व कप फुटबलको बिहेभोज जस्तै भएको छ । एउटा अन्तर्राष्ट्रिय भोज । सुरक्षा निकै बलियो बनाइएको छ । त्यसको अर्थ सुरक्षाको नाममा पेलिएको पनि छैन । मस्को सबै दर्शकका लागि रुसकै अन्यत्र सहरमा जान भेला हुने केन्द्र बनेको छ । रुसकै अन्य सहरमा जान पनि लामो यात्रा छिचोल्नुपर्दछ । अनि मस्को ती सबै यात्राको लागि बिसौनी बनेको छ ।
ख) टिकटमा किन यस्तो ?
रुसमा पुगेका फुटबलप्रेमीहरू आफ्नै पाराले रमाइरहेका छन् । तर र·शालाभित्र खाली खाली सीटहरू भने उद्देकलाग्दा छन् । खेलका टिकट बिक्री नभएको अवस्थामा रुसका स्थानीय दर्शकहरूलाई नै प्राथमिकताका बिक्री गर्ने बन्दोबस्त मिलाइनसक्थ्यो । त्यसो गरिएन । आगामी दिनमा यस्तो गर्न जरुरी छ ।
ग) आश्चर्यहरूको आश्चर्यजनक जमघट
समूह खेलको पहिलो चरणमा सोचेभन्दा धेरै फरक नतिजाहरूको खात लाग्यो । अर्जेन्टिना जस्तो विश्व विजेता देशलाई आइसल्याण्डले बराबरीमा रोक्यो । जापानले कोलोम्बियालाई पराजित ग¥यो । मेक्सिकोले त अघिल्लोपटक विश्व कप जितेको जर्मनीलाई नै माथ खुवायो । ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेलमा ब्राजिलले बराबरीमा चित्त बुझाउनुप¥यो । फुटबलमा नयाँ नयाँ शैलीको विकास भइरहेको देखिंदैछ । प्रशिक्षण शैलीमा विगतभन्दा फरक फरक शैलीको प्रयोग हुन थालेको देखापर्दछ ।
घ) दक्षिण अमेरिकीहरूको सङ्घर्ष
समूह खेलअन्तर्गत पहिलो चरणमा दक्षिण अमेरिकी देशहरूमध्ये उरुग्वेले मात्र जित हासिल गर्न सक्यो । खेलको अन्तिम मिनेटमा जोसे जिमेनेजले हेड गरेर पठाएको गोलले उरुग्वेलाई जित दिलायो । दक्षिण अमेरिकी महादेशबाट धेरै खेलाडीहरू विश्व कपको मैदानमा उत्रेका छन् । तर आजसम्मको इतिहासमा युरोपमा विश्व कप हुँदा कहिल्यै पनि दक्षिण अमेरिकी देशले जित हासिल गर्न सकेको छैन । यो सिलसिला रुसमा पनि निरन्तरता पाउने हो वा होइन, हेर्न बाँकी नै छ ।
ङ) पेनाल्टीको वर्षा
विश्व कपको इतिहासमा यो पटक जति पहिलो चरणमा पेनाल्टी कुनै पनि विश्व कपमा दिइएको थिएन । भिडियो सहयोगी रेफ्री प्रणालीको बन्दोबस्त गरिए पनि धेरै खेलाडीलाई यो पटक आवश्यकताभन्दा बढी पेनाल्टीको अवसर दिइएको छ । अस्टे«लियाविरुद्ध फ्रान्सलाई र दक्षिण कोरियाविरुद्ध स्वीडेनलाई त्यस्तै पेनाल्टीको अवसर दिइएको धेरैको भनाइ रह्यो ।
अर्जेन्टिनाका खेलाडी मेस्सीले गुमाएको पेनाल्टीको अवसर भने निकै चर्चित पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *