भर्खरै :

न्युयोर्क सभा

न्युयोर्क सभा

आशाको केन्द्र न्युयोर्क सभा
कोही लाड्दै छन् शक्तिको हथकण्डा
कोही न्याय–अन्याय, घात–प्रतिघात
विरुद्ध विचार विमर्श ।

साम्राज्यवादी ढोङ्गी ट्रम्प, नेतन्याहु
स्वतन्त्र स्वाधीन मुलुकहरूमाथि
बलमिचाइँको कुनियतले
नाम निशाना मेटाइदिने भन्दै छन् ।

सकिन्न स्वीकार्न स्वाभिमानीहरूलाई
ठुला साना, बलिया निर्बलिया
हैसियत त समान छन् सब
विभेदको धम्की सहन ।

विध्वंसले निम्त्याउने विनाशले
भलो गर्दैन कसैलाई
सहअस्तित्व मेलमिलाप नै
उज्ज्वल भविष्य संसार ।

लोभले नास खेप्नेहरू
घमण्डले अलापविलाप भोग्नेहरू
कहिले लाग्ला घैँटोमा घाम
के आफै खरानी भएपछि ?

आफ्नो स्वाभिमान रक्षा खातिर
संसारका न्यायप्रेमी सिक्री बनी
एकताको एकमनले जुट्दै छन्
साम्राज्यवादको बहिष्कार गरी ।

सुनौलो भविष्यको निर्माणतिर
विश्व शान्तिको निम्ति हेर
न्युयोर्क महासभा आज
वर्गसङ्घर्षको ठाउँ बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *