तीन मुक्तक
- आश्विन ९, २०८३
बालक तिमी आमाको कोखबाट यो धर्तीमा जन्म लियौ
घर परिवार आफन्ती सबैलाई खुसी तुल्यायौ
वामे सर्दै लड्दै पर्दै ताते ताते भन्दै हिँड्न सिक्यौ
आमा पापा मामा भन्दै बोली पनि फुटायौ ।
अब त पाठशाला जाने र शिक्षा लिने पालो आयो
कपुरी क पढ्दै नाच्ने गाउने खुसीयाली छायो
सानातिना ज्ञानगुणका कुराहरू राम्रोसँग जुटायौ
शिक्षाको ज्योति जगाई अज्ञानतालाई हटायौ ।
तिमी नै त हौ यो राष्ट्रका एक कर्मठ भागिदार
पढ्ने, लेख्ने र खेल्ने हो तिम्रो हक अधिकार
तिमीले आफ्नो कर्तव्यलाई कहिल्यै भुल्नु हुँदैन
बालक हुँ बाल अधिकार पाएको छु भन्दै फुल्नुहुँदैन ।
हरेक स्थानमा तिमीले अनुशासन पालना गर्नुपर्छ
आफूभन्दा सानालाई स्नेह र ठुलालाई आदर गर्नुपर्छ
नराम्रो आचरण र सोचविचार तिमीले हटाउनुपर्छ
आफूले पाउने मान सम्मान र प्रतिष्ठा पाउनुपर्छ ।
तिमीले आफ्नो दायित्व अवश्य पूरा गरेरै छाड्नैपर्छ
डाक्टर इन्जिनियर पाइलट बनी उच्च शिखर हाँक्नैपर्छ
अभिभावकको इच्छा र आकाङ्क्षा पूरा गर्नुपर्छ
मेहनती र लगनशील बनेर यो देशको मुहार हँसाउनुपर्छ ।
Leave a Reply