तीन मुक्तक
- आश्विन ९, २०८३
जस्तोसकै वर्षात् होस्
हावाहुरी नै आओस्
महामारी नै फैलियोस्
जस्तोसकै त्रास र सन्त्रास फैलियोस्
देशको समृद्धि र विकासको लागि
कहीँकतै हिनताबोध नभई
निरन्तर भविष्यको नयाँ पुस्ताको लागि
खटिने मजदुरहरू तिमीलाई छ सलाम ।
वर्षात्मा रुझ्दै
हुरीबतासमा पनि
महामारीको विरुद्ध लड्दालड्दै
डर र शङ्कालाई तिलाञ्जली दिँदै
देश र समाजको लागि
कर्तव्य र जीवन एकै सिक्काको पाटो भई
सभ्य र सुन्दर समाजको लागि
खटिने मजदुरहरू तिमीलाई छ सलाम ।
आफ्नो र परिवारको भोको पेट पाल्न
पीडा र अस्वस्थतालाई पनि
तिलाञ्जली दिँदै
मात्र गरेको होइन कमाइ
अरुको घिनलाग्दो फोहोर
तिमी देश र समाजको लागि
बहुमूल्य मोहोर बनाउन
खटिने मजदुरहरू तिमीलाई छ सलाम ।
Leave a Reply