भर्खरै :

दैत्य र युवती

दैत्य र युवती

जिसुङ बचा नाम गरेको एक सुन्दर र राम्रो ठाउँमा डाई [Dai] जातिका र अरु धेरै अल्पसङ्ख्यक जातिका मानिसहरू बस्थे । तिनीहरू नाचगानको साथै आ–आफ्नो काम गरी आनन्दपूर्वक जीवन बिताउँथे ।
धेरै पहिलेको कुरा हो । त्यो सुन्दर ठाउँ एक अत्याचारी दैत्यद्वारा शासित थियो । त्यसलाई हरेक वर्ष त्यस गाउँको सबैभन्दा राम्री युवती पठाउनु पथ्र्यो । यदि पठाइएन भने त्यसले सिङ्गै गाउँ नै नष्ट पारिदिन्थ्यो ।
[Long] ऋयलने लङकङ नदीको किनारमा यु जीङ ृथग ह्ष्बलने नाम गरेकी एक केटी बस्थिन् । तिनी यति राम्री थिइन् कि मयुरहरू पनि उनको अगाडि आफ्नो सुन्दर प्वाँख फिजाउन लाज मान्थे र माछाहरू उनको कसिलो मुहार हेर्न पानी माथि आउँथे ।
मानिसहरू तिनीदेखि दुखित हुन्थे किनभने तिनलाई चाँडै नै दैत्यकहाँ जानु पर्नेछ ।
उनका बुबा सुँकसुँक रोइरहेका थिए । यु जीङले बुबासँग दैत्यलाई गाउँलेहरूले किन मार्न सकेनन् भनेर सोधिन् । बुबाले भने, “त्यसलाई मार्ने तरीका हामीलाई थाहा छैन । त्यो भयङ्कर शक्तिशाली छ । छुरीले त्यसलाई चोट पु¥याउन सक्दैन । यु जीङले बुबालाई बढी नरुनुहोस् भनिन् । “म त्यसलाई मार्छु” तिनले भनिन् ।
उनकी आमा पनि रोइरहेकी थिइन् । यु जीङले आमासँग त्यो दैत्यलाई गाउँलेहरूले किन मार्न सकेनन् भनेर सोधिन् । उनकी आमाले भनिन्, “आगो र पानीले पनि त्यसलाई छुन्दैन । हामीसँग त्यसलाई मार्न अर्को कुनै बाटो छैन ।” यु जीङले आमालाई धेरै नरुनुहोस् भनिन् । “म त्यसलाई मार्ने बाटो पत्ता लगाउँछु” तिनले भनिन् ।
यु जीङ दैत्यकहाँ लगियो । चन्द्रमा भन्दा पनि तेजिलो र फूलभन्दा राम्री उनको मुहार देखेर दैत्य खुसीले पागल भयो ।
यु. जिङले दैत्यप्रति मायालु र आज्ञाकारी बनेका बहना गरिन् । तर तिनले सधैँ त्यसलाई मार्ने बाटो नै हेरिरहिन् ।
दैत्यद्वारा बन्दी बनाइएका सबै केटीहरू यु जीङको दैत्यप्रतिको आज्ञाकारिता देखेर सा¥है रिसाए । तिनीहरू यु जीङसँग कुरा गर्न पनि हिचकिचाइन् ।
केही दिनपछि राक्षसलाई धेरै रक्सी खाइरहेको अवस्थामा यु जीङले देखिन् । यसको गुफा बाँसका रक्सीका भाँडाहरूले भरिएका थिए । यो देखेर यु जीङले एउटा उपाय सोचिन् ।
एकदिन दैत्यले रक्सी पिइरहेको बेलामा यु जीङले सदाको भन्दा पनि बढी माया र सत्कार देखाइन् । उनले एकपछि अर्को ग्लास रक्सी पिलाइन् । त्यस्तो सुन्दर र माया लाग्दो केटीसँग बसेर रक्सी पिउँदा पिउँदै दैत्य रन्थनियो र पिउँदै गयो ।
दैत्य मातियो । संयोगबस त्यसले भन्यो, “के म सा¥है, शक्तिशाली छु भनी तिमीले सोचेका छौ ? होइन मलाई मार्ने मेरा आफ्नै कमजोरीहरू पनि छन् । त्यसपछि दैत्यले त्यो रहस्य उनलाई प्रस्ट पारिन् । यो रहस्य अरु कसैलाई नि नभन्नु भने ।
यु जीङले आफ्नो गाउँले मित्रहरूको हितको लागि त्यसलाई मार्ने प्रतिज्ञा गरिन् । त्यो गोप्यता अरूलाई नभन्ने उनले कबुल गरिन् ।
थप केही ग्लास रक्सी खाइसकेपछि दैत्य एउटा काठको मुढोझैँ सुत्यो । त्यसपछि दैत्यले भनेजस्तै यु जीङले कोशिश गरिन् । तिनले आफ्नो एउटा लामो रौँले दैत्यको घाँटी चारैतिर बेरिन्† जोडले झट्का दिइन् र दैत्यको टाउको छिनाइन् ।
यसरी दैत्य मारियो । तर, जब त्यसको टाउको भुइँमा खस्यो, त्यो एउटा आगोमा परिणत भयो र सबैतिर फैलियो । ठुलो आगो लाग्यो । जहाँबाट यो अपाहिज टाउको देखिन्थ्यो । त्यसपछि चाँडै नै सबै गाउँ, खेत र जङ्गलहरू आगोबाट नष्ट हुने भयो ।
त्यो भयङ्कर आगो देखेर यु जीङ तर्सिन् । यसको लागि आफ्नो बलले भ्याएसम्म उनले कोशिश गरिन् । दैत्यको टाउकोलाई समाइन् र टाउको माथि सदा थामिरहिन् ।
अब दैत्यको टाउको भुइँमा रहेन र आगो निभ्न थाल्यो । तर, यु जीङ दैत्यको रगतबाट निथ्रुक्क भिजिइन् ।
दैत्य मारिए । प्रलय (विलय) अन्त भए । जनता आनन्दले विह्वल भएर उफ्री उफ्री गाउन थाले । जिशुङ बन्ना ृह्ष्कजगबलन द्यबललबे हर्षित भिडले तन्न भरिए ।
यु जीङले अझैसम्म दैत्यको टाउको उठाइरहेकी थिइन् । जनता खुसी भएको देखेर तिनी पनि मुस्कुराइन् ।
दैत्यद्वारा कैदी बनाइएका केटीहरूले यु जीङप्रति सोचेको कुरामा गल्ति महशुश गरिन् । तिनीहरूले नजिकैको दह, नदी र खोल्साबाट ल्याएको पानीले दैत्यको रगत पखाल्न उनीमाथि खन्याए ।
यु जीङको बुबा–आमा तिनलाई हेर्नको लागि गाउँलेहरूसँगै हतारिँदै दौडे । तिनीहरूले उनीमाथि पानी खन्याई नै रहे ।
त्यसबेलादेखि टाउकोमाथि पानी खन्याउनु नै डाइ [Xishuang Banna] अल्पसङ्ख्यक जातिको एउटा परम्परा बन्यो । दुःख र दुर्दशाको अन्त गर्न र सुखको निम्ति आराधना गर्न त्यस्तो गर्दै गइन् । ‘पानी छर्केर खेल्ने’ त्यो दिन एउटा पर्वको रूपमा अहिले पनि चलिरहेको छ । त्यसदिन बिदा पनि हुन्छ ।
धेरै पुस्तादेखि नै आजसम्म त्यस दिनमा सुखको लागि र यु जीङको दैत्यमाथिको विजयको रूपमा मानिसहरू एक आपसमा पानी छ्याप्दै आएका छन् ।
शिक्षा
शक्तिशाली शत्रुको विनाश गर्नु छ भने ऊसँग मिल्नुपर्छ । उसको मुख्य कमजोरी के हो पत्ता लगाउनुपर्छ । यसो गर्दा नबुझ्ने मानिसहरूले हेला गर्नेछन्, होच्याउने छन्, घृणा गर्नेछन् । अझ आफ्ना मित्रहरूले समेत बोल्न छोड्नेछन् । आफू सही र सत्य छु भन्ने कुरामा आत्मविश्वास हुनुपर्छ । अरूको हेलाहोचोबाट विचलित हुनुहुँदैन । आफूले काम पूरा गरेर देखाइदिनुपर्छ । तब सबैले सम्मान गर्छन् । त्यसो गर्दा ठुलो कष्ट भोग्नुपर्नेछ । त्यस्तो साहस पनि आफूमा हुनुपर्छ । ठुलो त्याग, तपस्याबाट मात्रै ठुलो सम्मान पाउनेछ । ‘दैत्य र युवती’ यो कथाले हामीलाई यही शिक्षा दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *