भर्खरै :

देश प्रेम

देश प्रेम

लघु कथा

एउटा नाम चलेको कलेज थियो । बोर्ड परीक्षामा त्यस कलेजका विद्यार्थीहरूको नाम टपरमा आइरहन्थ्यो । चाहे विज्ञान, मानविकी, व्यवस्थापनमा होस् चाहे इन्जिनियरिङ नर्सिङमा होस् या चाहे कानुनमा । परीक्षामा विद्यार्थीहरू टप भइरहन्थ्यो । त्यस कलेजमा एक दिन देशभक्त अतिथि र अनुशासित विद्यार्थीहरूले भरिभराउ भएको विद्यार्थीको बिदाइ तथा बधाई कार्यक्रम हुँदै थियो ।
उक्त कार्यक्रममा परीक्षामा उच्च अङ्क ल्याएर उत्तीर्ण भएका एक विद्यार्थीले उत्तीर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै भने, “यस कलेजमा पढाउने शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले हामीलाई माया दिनुभएको छ । जसरी सन्तानलाई आमाबुबाले दिनुहुन्छ । यो मायाले दुई वर्ष बितेको त अत्तोपत्तो नै भएन । त्यसलाई हामी जहाँ गए पनि जीवनभर बिर्सने छैनौँ । त्योभन्दा पनि ठुलो कुरा हामीलाई देशप्रेम गर्न सिकाउनुभयो । देशलाई माया गर्न सिकाउनुभयो । यसलाई हामीले देशको जुनसुकै ठाउँमा भए पनि देशको निर्माण, विकास र रक्षामा मार्गदर्शनको रूपमा आत्मसात गर्नेछौँ ।
कार्यक्रम सुनिरहेका शिक्षक, प्राध्यापकहरूले ती विद्यार्थीबाट कलेजले देशप्रेम गर्न सिकाएको अभिव्यक्ति सुन्दा छातीमा हात राखेर गौरवको अनुभूति गरे । “हामीले कक्षामा विद्यार्थीलाई पढाइसँग देशप्रेमको भावनाले पढाएको–सिकाएको मेहनत कहिल्यै खेर जानेछैन, यसले हाम्रो काँधमा थप जिम्मेवारी थपेको छ” भन्दै सबै चिया पान गर्नतिर लागे । त्यस्तै एक अभिभावकले पनि देशभरका विद्यालय, कलेजहरू तथा शिक्षक, प्राध्यापकहरू पनि यस्तै भइदिएको भए देशको भविष्य उही बेला उज्वल भइसक्थ्यो है भनेर अर्को अभिभावक साथीसँग विचार राख्दै चियापानतर्फ लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *