भर्खरै :

बेथिति

  • आश्विन १६, २०८३
  • जयन्त पौडेल ‘आश्रम’
  • साहित्य
बेथिति

हेर्नोस कसलाई थाहै छैन,
बेथिति नहोसै भन्ने,
तैपनि जानी जानी लौन
भइरहेछ यस्तै ।१।

बुझौँ धेरैमा त हुनु हुन्न,
राजनीतिमा त पटक्कै हुन्न
र पनि वास्तै नराखी दिनु
हो कहाँसम्मकै मुख्र्याइँ ।२।

त्यसैले त्यो छ सोचनीय
नसोच्नु आफ्नै कुरा
सधैँ एकनास कसैको हुन्न
किनकि बलवान समयै ।३।

हरे मन बचनले भन्दा
कर्म गरेकै देखिन्न
जताततै भ्वाङै भ्वाङ छ
टालिने हो कहिले ? ।४।

कर्मै साक्षी राखी भन्दा,
नेपाल हाँस्नै सकेन
खोइ कसले हँसाउने हो
त्यो दैव नै जानून् ।५।

हेर यस्तो हुनुमा दोषी
हुने को हँ
सबै आफैमा मस्तामस्ती
कसलाई मतलबै देशको ।६।

Leave a Reply

Your email address will not be published. Required fields are marked *