भर्खरै :

शान्ति आयो कसरी ?

  • आश्विन १६, २०८३
  • राजेश्वरी देवकोटा
  • साहित्य
शान्ति आयो कसरी ?

अझैँ आकाशमा धुवाँ र बादल बाँकी नै रहेछ
पटक–पटक संविधानसभालाई तुवाँलोले घेरी दिएछ
नेपालको सिमाना एकपछि अर्को गरी भारतले मिचिरहेछ
वैदेशिक हस्तक्षेपले झन्झन् डाँडो काटिरहेछ
शान्ति आयो कसरी ब्रह्मलुट अझै हुन्छ बेसरी
हरेक मन्त्रालयहरूमा भ्रष्टाचार बढिरहेछ
अन्याय र अत्याचार त माथि चढिरहेछ
न्यायालयमा न्यायिकले न्याय नपाउने
अन्यायको विरोध गर्नेहरूलाई जेल पठाउने
गुण्डागर्दीलाई ठीक गर्दा प्रहरी खटाउने
सोझा साझा जनतालाई अझै लुटाउने ।
शान्ति आयो कसरी बह्मलुट अझै हुन्छ बेसरी
पर्खँदा पखँदै जुनी त बितिसकेको छ

अस्तित्व भन्दा भन्दै अस्तित्व पनि समाप्त भइसकेको छ
यो धर्तीले अझै, रगत र आँसु खोजिरहेछ
खेतीयोग्य भूमि पनि बाँझिसकेको छ ।
सारा सन्तान त आफ्नै मासिएको छ
उब्जनी गर्ने ठाउँ नै नरही माटो पनि भासिसकेको छ ।
हेर शान्ति आयो ब्रह्मलुट अझै हुन्छ बेसरी ।

रुकुम रोल्पामा रंगिएका रगतहरू
वासिङटनमा हाँसी हाँसी, जाल रच्ने साम्राज्यवादीहरू
हजारौँ प्यालिस्टिनीको रगतले
मुस्लिमको बुर्का ओढ्नेहरू
अनि विश्वमै मानव अधिकार छ भनेर
ढुङग्री उडाउनेहरू
जनतालाई रोजगार बनाउँछौ भनेर
रेडियो नेपालमा मात्र गफ उडाउनेहरू
अनि संसारकै शान्तिको देश नेपाल भनेर कराउनेहरू
शान्ति आयो कसरी, ब्रह्मलुट छ अझै हुन्छ बेसरी ।
नेपालमा हेर्दा हेर्दै, टनकपुर, महाकाली गुमिसकेको छ,
तिलापट्टी, लालापट्टीसमेत खुस्किसकेको छ ।
अझै कोसी र गण्डकी हुँदै कर्णालीसमेत डुब्छ कि
भन्ने लागिसकेको छ
उता विश्वकै अजिङ्गरले इराकलाई
निलिसकेको छ ।
हेर शान्ति आयो कसरी, अझै देशमा ब्रह्मलुट हुन्छ बेसरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *