“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
मस्को, २३ जून । रुस विश्व कपमा नौ दिनमा २६ वटा खेल खेलिए । कुनै पनि खेल ०–० मा टु·िएन । तथापि यो विश्व कप गोलको हिसाबमा उत्पादक विश्व कप भने हुन सकेन ।
विश्व कपको इतिहासमा यति कम गोल २८ वर्षअघिको विश्व कपमा मात्र भएको थियो ।
नौ दिनमा सम्पन्न २६ वटा खेलमा जम्माजम्मी ५८ वटा गोल भए । पोर्चुगल र स्पेनबीच भएको खेलमा ३–३ गोलको बराबरीमा भएको थियो । त्यो नै हालसम्म सबभन्दा बढी गोल भएको खेल हो भने साउदी अरब र आयोजक रुसबीच भएको खेलमा सबभन्दा बढी गोलअन्तर भएको छ । रुसले ५–० को गोलअन्तरले साउदी अरबलाई पराजित गरेको थियो ।
हालसम्मको तथ्याड्ढ हेर्दा नौ दिनमा औसत हरेक खेलमा २.२३ गोल भए । चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्व कपमा औसत गोल २.७ थियो । सन् २०१० मा दक्षिण अफ्रिका र सन् २००६ मा जर्मनीमा भएको विश्व कपमा औसत गोल २.३ थियो ।
सन् २००२ मा दक्षिण कोरिया र जापानमा भएको विश्व कपमा औसत गोल २.५ थियो भने सन् १९९८ मा फ्रान्स विश्व कप र सन् १९९४ मा संरा अमेरिका विश्व कपमा औसत गोल २.७ थियो ।
Leave a Reply