भर्खरै :

लोकेश्वर साकोसको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम

लोकेश्वर साकोसको पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम

भक्तपुर, २३ असोज । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षबाट पद हस्तान्तर तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य एवं निर्वाचन संयोजक रवीन्द्र खर्बुजाले मानिसहरूमा मानसिक तनाबका कारण उत्पन्न हुनसक्ने रोगहरू र त्यसबाट पर्नसक्ने प्रभावहरूको बारेमा जानकारी दिँदै नवनिर्वाचित अध्यक्षलगायत सम्पूर्ण सञ्चालक समितिले त्यस विषयमा सजग हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष प्रनेश बाटीले सहकारी संस्थाहरूले सहकारीको मर्मविपरीत कार्य गर्न नहुने कुरालाई जोड दिँदै एक जनाको हितको लागि होइन समस्त समुदायको हितको लागि सहकारी सञ्चालन हुनुपर्ने कुरा राख्नुभयो । उहाँले सहकारी संस्था एक साझा थलो भएकोले व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक विकासमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
संस्थाबाट आर्थिक कारोबार मात्र नभई स्थापनाकालदेखि नै सदस्यहरूलाई सक्षम बनाउन विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा उहाँले बताउनुभयो ।
संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापनाकालमा गरेको मेहनतबाट आजसम्मको अवस्थामा आउँदा खुसी व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुभयो ।
निवर्तमान अध्यक्ष राजन जतिले सहकारीले गर्नुपर्ने कार्यहरूको स्मरण गर्दै एकलौटि निर्णय होइन बहुमतको सल्लाह, सुझाव र निर्णयहरूबाट सहकारी सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।
उक्त कार्यक्रममा पूर्वअध्यक्ष रामसुन्दर सुजखुले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो भने संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *