हामी ठीक छौँ
- आश्विन २३, २०८३
भोटेकोसीको बाढीबाट
पीडित दुःखीहरूलाई
पुगोस् भनी राहत दिएको
सहयोग कहाँ थुपा¥यौ ? सहयोगी दाताहरूले
आफूसँग बढी भएर होइन
नेपाली मन नेपालीपन
सदभावको यो उदाहरण ।
थोपा थोपा मिली हेर
समुद्र बनेको होइन र ?
खाई नखाई राहत
सो¥ह अर्बभन्दा बढी भयो ।
कालो चस्मे नेताहरूको
मनमस्तिष्क कता हरायो
मानवीय महान् कार्यको
बेवास्ता किन गरियो ?
जनमनले मात्र बुझ्छ
पीडितहरूको पीडा
स्थानीय हाम्रो होइन भन्दा
बुझ्नेछन् प्रतिशोधको ज्वाला ।
असङ्ख्य बगाएका पुरिएका
जनताको उद्धार
गर्छु भन्दै हेलिकप्टर
आकाशमा फनफनी घुमाएर ।
सुरूङभित्र उद्धार गर्ने
चाहिँदैन विदेशी मेसिन
भनी अस्वीकार गर्ने
कस्तो हो यो सरकार ?।
न त बाँस छ, न त गाँस
पीडित जनताको
सेल्फी खिच्नमै व्यस्त छन्
कुबुद्धिका मन्त्रीहरूको ।
काम कुरो एकातिर
कुम्लो बोकी ठिमीतिर
सरकार प्रमुखहरू भने
आसमा छन् अमेरिकातिर ।
दुःखी पीडितको गुनासो
सारा जनको अविश्वास
नयाँ नयाँ भन्नेहरू पनि
बाँदरमुखे अनुहार ।
Leave a Reply