कोरियाली मजदुर पार्टी जनताको आदर्श साकार पार्न अग्रसर
- आश्विन २४, २०८३
भक्तपुर, २५ असोज । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्याको प्रचारार्थ आइतबार बाँसुरीबाजा तथा नृत्य प्रदर्शनी भक्तपुर दरबार क्षेत्रमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रदर्शनीमा एक सय पचास जना बाँसुरीवादक र एक सय तीस जना नृत्याङ्गनाले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि प्रजापतिले तःमुंज्या आफैँ भक्तपुरको अभिन्न संस्कृति बनिसकेको उल्लेख गर्दै यस बृहत् बाँसुरीबाजा तथा नृत्य प्रदर्शनीले यसको महत्व अझ बढाएको बताउनुभयो ।
आजको भव्यताले तःमुंज्या वास्तवमै जनताको मनमुटुमा बसेको स्पष्ट भएको उल्लेख गर्दै उहाँले तःमुंज्या साहित्यिक दबुमात्र नभई राजनीतिक दबु पनि भएकाले यसले कामदार जनताको पक्षमा साहित्य र सांस्कृतिक क्रियाकलापलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले बाँसुरीबाजामा प्रस्तुत गीतको मर्मबारे बताउनुभएको थियो ।
कार्यक्रमको सभापतित्व गर्नुभएका आयोजक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या आजभन्दा ४६ वर्षअघि स्थापना भएको इतिहास उल्लेख गर्दै यो जनताको साहित्यिक तथा सांस्कृतिक दबु भएको बताउनुभयो ।
यस वर्ष बाँसुरीबाजा तथा नृत्य प्रदर्शनीलाई थप आयामका रूपमा प्रस्तुत गरेर वाद्यवादक तथा नृत्यकर्मीहरूको उत्साह बढाउने काम भएको उहाँले बताउनुभयो ।
यही कार्तिक ५ गते दिउँसो २ बजे तःमुंज्या आयोजना स्थल याता, गोमारीबाट सुरू हुने सुकुन्दा ¥यालीमा सहभागी हुन तथा तःमुंज्याको प्रचारप्रसार र सफलताको शुभकामना व्यक्त गर्न उहाँले दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक अनुरोध गर्नुभयो ।
कार्तिक ६ र ७ गते बिहान ११ बजेदेखि हुने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्यामा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई सक्रिय सहभागिताका लागि उहाँले हार्दिक अपिल गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बाँसुरीबाजा खल तथा नृत्य प्रस्तुत गर्ने सङ्घसंस्थाहरूलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सुजि हेंगजु, रामप्रसाद ग्वाछा, सुरेश कवां र राजाराम बासीले पनि बोल्नुभएको थियो ।
Leave a Reply