दसैँ
- आश्विन ३०, २०८३
जनताको रगत पसिनामा
रजाइँ गर्न पल्केकाहरू
दहिचिउरे असत्तीहरू
आज पनि कसैको इशारामै छन् ।
भन्न त सबैले भने
भ्रस्टाचार अन्त्य गर्छु
देशमा सुशासन ल्याउँछु
आखिर सबै नाटक मात्रै ।
दक्षिण र पश्चिमको इच्छाले
बुढो घोडा फेरेको फे¥यै
काले गए गोरे, गोरे गए काले
पालै पालो सत्ताको स्वाद चखाए ।
जनताको मन जित्नलाई
मञ्चन गरे नाटक फेरि
पुराना भ्रस्ट जेल पठाए
रात काट्न नपाउँदै सफाइ दिए ।
पुरानाको मुकुन्डो उतारी
नयाँ नयाँ रंगिन
तातो न छारो ब्यवहार उस्तै
जनता झुक्याउने चाल मात्रै ।
नयाँ युवा जमातका
पुर्खा त थिए पहिलेका
रूपरङ्ग फेर्ने छेपारोहरू
देश खरानी पार्नेहरू ।
जनतालाई भ्रममा पार्दै
लहर चलाउँदै नयाँ भन्दै
मिशन चौरासीमा दही चिउरेहरू
उफ्रिँदै छन् चटकीहरू ।
देश विपत्तिमा परिरहन्छ
जुँगा मुसार्दै भलादमीहरू
बाढी पहिरो पीडित सबैलाई
महँगी, अभाव, करको भारी ।
उद्धार कार्यभन्दा
गाँसबाँस राहतभन्दा
प्रचारमा आउन तल्लीन छन्
पीडामा मल्हम लगाउने छैन मन ।
जन जनले दिएको राहत
कोषमै थुपारी देखाउँदै छन्
पीडितहरूलाई आस
पीडितहरू भने भोकै बास
जिउने कसरी ?
Leave a Reply