भर्खरै :

चल्दैनौ आफँै तिमी

चल्दैनौ आफँै तिमी

आखिर शिष्य न हो
खुसी पार्नै प¥यो
हजुर मालिकको ।

गुणको बदला गुण
रगतको बदला रगत
दिँदै इमानदारी साथ ।

नयाँ नयाँ अनुहार
काला चश्मे शासक
छैन आखिर फरक ।

इतिहासबाट कलङ्कित
चन्द्रशेखर उपाध्याय
गजराज मिश्रजस्तै ।

सिद्धान्त र विचार
घण्टेको छैन यहाँ
निर्देशन अरूकै ।

बर्बराउँदै छन् त्यही
नेपालले मिच्यो भारत
मोदी साहेब मख्ख ।

अन्त्य भयो बदख्वाइँ
मालिक हजुर भन्दै
वाग्ले पाउ पर्दै ।

साम्राज्यवादी ट्रम्प
मोदी विस्तारवादी
दिँदै छन् स्याबासी ।

कर्तव्यनिष्ठ छन्
तिमी बहादुरी
विश्वास पात्र बनी ।

चल्दैनौ आफै तिमी
कठपुतली बनी
नचलाए कसैले ।

सोच्नु नि नयाँ भन्नेले
देश र जनताको पीडा
अब नबन्नु बिँड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *