तिहार
- कार्तिक १४, २०८३
सदियौँदेखि अँध्यारो पथमा
आँसु आँसु बगाएर
बाँचिरहेकाहरूको साथमा
शोषण, दासताबाट मुक्त हुन
सङ्घर्ष गरिरहेका
चेतनशील श्रमजीवी !
असिना, घामपानी नभनी परिश्रम गरेर
आफ्नो छाला कालो पारेर
पिठयुँमा खर्पनको दाग पारी
दुःख कष्ट भएर बाँचिरहेका
पीडित ज्यामी !
कुटो, कोदालोको पसिना
हजारौँ सिनाज्या र सामाज्याको मोती दाना
असत्य गरी भक्षकहरूले चुसी राखेको
आफ्नो रगत पसिना
फिर्ता लिन विद्रोह गरिरहेका
हाकुसीं दाजु !
तर, यो वर्तमानमा
विरोधको आवाज
गुञ्जिरहेको बस्तीमा
घाउ घाउबाट निस्केको स्वरले
आँखाले देख्छु आँखाको जवाफ
मनमा बिझ्छ, मनको आवाज
अनि, मर्का असन्तुष्टि अभावहरूको
विस्फोटनका मागहरू उठिरहेका हुन्
यो अभावै अभावले घेरिएको बस्तीमा
माटोमा लडिबुडी श्रम गरिरहेकाहरू
पाखा पर्वत चढेर दुःखकष्ट भोगिरहेकाहरूको
एक एक झुपडीबाट उठेको
दर्द भरिएको करुण आवाजले
परिवर्तनको झिल्को देखापर्छ
अनि प्रत्येक ज्यामीहरूको
तपस्या सपना पूरा गर्न
मुक्तको आवाजले
उन्मुक्त भएर निस्केको शक्तिले
यो सदियौँदेखि
अँध्यारो पथमा
नव जन जागरणको दिन शुभारम्भ भएर
यो धर्ती र आकाशमा उज्यालो हुनेछ ।
Leave a Reply