विद्यालय भलिबल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
- कार्तिक ३, २०८२
मस्को, २७ जून । ब्राजिलका प्रशिक्षक टिटेले आफू र आफ्ना खेलाडीप्रति नकआउट चरणमा बढेको अपेक्षा पूरा गर्न लागिपर्ने बताएका छन् ।
विश्व कपको पाँच पटकको विजेता ब्राजिलले बुधबार राति भएको खेलमा सर्वियालाई २–० को गोलअन्तरले पराजित गरेको थियो ।
सर्वियामाथिको विजयसँगै आफ्नो समूह ईको सबभन्दा बढी अड्ढ ल्याउन सफल टीम बनेको छ । उसले सात अड्ढ हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डले पाँच अड्ढ हासिल गरेको छ । समूह ई बाट सर्विया र कोस्टा रिका बाहिरिएका छन् ।
‘मलाई अपेक्षाहरू मन पर्छ । हामी ती आशालाई अङ्गीकार गर्नेछौं ।’, पत्रकारहरू टिटेले भने । ‘यहाँसम्मका खेलमा हामीले राम्ररी खेलेकै कारण हामीमाथि अपेक्षा बढेको हो । तर विश्वकपले नयाँ चक्रको प्रतिनिधित्व गर्दछ । यो एउटा नयाँ ढाँचा पनि हो ।’ ‘म हाम्रो टोलीले यसअघि खेलेजस्तै राम्रो खेलेको हेर्न चाहन्छु तर विश्वकप भनेको माछाहरूको भिन्न भिन्न भाँडो जस्तै हो । अरूले हामीमाथि ठूलो अपेक्षा गरेका छन् । तर मेरो ध्यान भने कसरी बलियो तरिकाबाट प्रस्तुत हुने भन्नेमा केन्द्रित छ ।’
जर्मनी टोली बाहिरिएसँगै धेरैले ब्राजिल विश्व बिजेता बन्नेमा आशा गर्न थालेको बताइएको छ ।
‘हामीले अपेक्षामा होइन, वास्तवितामा बाँच्नुपर्दछ ।’, प्रशिक्षकको भनाइ थियो ।
Leave a Reply