आत्मनिर्भरताबिना कुनै पनि देशले स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न नसक्ने
- कार्तिक २२, २०८२
–राजकुमार श्रेष्ठ
कृषि तथा वन विज्ञान विश्वविद्यालय १७ दिन पुग्दासम्म पनि बन्द नै रहेको छ ।
पैसाको लेनदेनमा उपकुलपति र रजिष्ट्रारले असार २० गते रातारात ८ वटा निजी कलेजलाई सम्बन्धन दिएको कारण देखाई असार २६ गतेदेखि विद्यार्थी र प्राध्यापकहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्द गर्दै आएका छन् ।
विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिएकोमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कोहलपुर र ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।
त्यसैगरी, वन स्नातकमा सिद्धान्त क्याम्पस गैंडाकोट रहेका छन् । सबै कलेजले ५०÷५० जना भर्ना गर्न पाउने गरी विश्वविद्यालयले सम्बन्धन दिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय वि.सं. २०६७ मा स्थापना भएको हो । राजनीतिक दल, व्यापारी वर्ग र केही प्राध्यापकहरूको बलमा स्थापना भएको विश्वविद्यालय ८ वर्ष पार गर्दासम्म पनि उस्तै रहेको देख्न सकिन्छ ।
उपकुलपति रजिष्ट्रार कार्यालय प्रमुख बन्नकै लागि स्वार्थकेन्द्रित राजनीतिको शक्ति स्थापित विश्वविद्यालय आजसम्म पुरानै संरचना, पुरानै कर्मचारी, पुरानै संस्कारले निरन्तरता पाउनु विडम्बनाको कुरा हो । केन्द्रीय कार्यालय भवन निर्माण, नाम र रङ्ग फेरिनुले मात्र विश्वविद्यालय भन्न सुहाउँदैन । कृषि तथा वन विज्ञान विद्यालय, रामपुर तुलनात्मक रुपमा केही फरक नरहेको चितवनका विज्ञहरूको बुझाइ छ ।
विश्वविद्यालयले ३ वर्ष पहिले कास्की, पुरञ्चौर (प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज) र हालसालै सिन्धुली, पाखीवास र टीकापुर गरी चार वटा आङ्गिक कलेज खोलेका छन् । खुलेका आङ्गिक कलेजका भवनहरू भाडामा लिएर चलाएको, उचित ल्यावको बन्दोबस्त र स्थाई प्राध्यापक नभएको, अवस्था छ । आङ्गिक कलेजलाई नै बन्दोबस्त बनाउन नसकेको बेलामा निजी कलेजहरूलाई सम्बन्धन दिनु असान्दर्भिक रहेको आन्दोलनरत पन्को भनाइ छ ।
पूर्णरुपमा सम्बन्धन खारेज नगरेसम्म विद्यार्थी आन्दोलन नरोकिने विद्यार्थी अजय डिसीको भनाइ छ । पाँचौं सेमेष्टरमा अध्ययनरत डिसी भन्छन् – रातारात करोडौं रुपैयाँको लेनदेन भएको छ । भिसी ईश्वरीप्रसाद ढकाल, रजिष्ट्रार मनराज कोलान्पतिलगायतको मिलेमतोमा यस्तो भ्रष्ट कार्य हुन पुगेको बताइएको छ । यस्ता गतिविधि विद्यालयमा रोक्न र बन्द गर्नको लागि विद्यार्थी आन्दोलनमा उत्रनु परेको हो ।
त्रि.वि.ले जस्तो छाडेर गएको हो उस्तै हविगतमा विश्वविद्यालय छ । प्रगति नभई विश्वविद्यालय झन् दुर्गतितिर उन्मुख छ । विश्वविद्यालयको होस्टेल, ल्याव, रिसर्चहरू कुनै प्रगति नभएको कलेजले निजी कलेजलाई सम्बन्धन दिएमा आफ्नै खुट्टामा बञ्चरो हान्ने काम गरेको अर्का विद्यार्थी किरण रोकायको आक्रोस थियो । ससर्त सम्बन्धन खारेज नभइकन भिसी रजिष्ट्रारसँग हामी कुनै वार्ता, छलफल नगर्ने विद्यार्थी रोकायको कुरा थियो ।
विश्वविद्यालयले सम्बन्धन दिएको ८ वटा कलेजसँग ५०÷५० लाख लिएको खुल्नमा आएको छ । सम्बन्धन दिएका केही कलेजहरूमा भिसी, रजिष्ट्रार र प्राध्यापकहरूको पनि शेयर लगानी भएको बुझ्नमा आएको छ ।
विश्वविद्यालयका स्नातक पहिलो सेमेष्टरका विद्यार्थी प्रनिस अधिकारी भन्छन् – परीक्षा नजिकिंदै थियो, पढ्नुपर्ने बेला एक्कासि विद्यालय बन्द गर्नु परेको छ । विद्यार्थी हितको लागि भन्दा पनि भिसी, रजिष्ट्रार प्राध्यापकहरूले आफ्ना स्वार्थ पूरा गर्न काम गर्नुभएको छ । उहाँहरूको कारण आज धेरै विद्यार्थीहरूले पढ्न पाएका छैनन् ।
विश्वविद्यालय तत्कालीन रामपुर कृषि तथा पशु अध्ययन संस्थानभन्दा फरक छन् । ल्यावका भवनहरूलाई झाडीले ढाकेको छ । प्राध्यापक बस्ने क्वाटरहरू, विद्यालयका भवनहरू वर्षाद्मा हुर्कने, बढ्ने बोट बिरुवा, झारपातहरूले गाँजिएको अवस्था छ । विद्यार्थी र प्राध्यापकको आन्दोलनको बन्दले विश्वविद्यालयको अवस्था चिन्ताजनक छ ।
भरतपुर महानगरपालिका –१९ मा बस्ने मिनबहादुर गुरुङ भन्नुहुन्छ– विद्यार्थीहरूको माग ठिक्कै हो । सबैले ठिक्कै हो भन्छन् । निजी कलेजहरूलाई सम्बन्धन दिनाले गरिबका छोराछोरीहरू पढ्न नसक्ने बताउँछन् । धेरै विद्यालयहरू खोलेर सरकारले पढाउनुपर्दछ । विश्वविद्यालयको सुरन गार्डसमेत भएका गुरुङ बताउँछन् – प्रशासनका प्रमुख व्यक्तिहरूको कमजोरीका कारण विश्वविद्यालयले यो अवस्था खेप्नु परेको हो । सरुवा बढुवामा पनि आफ्नै मान्छेलाई लान्छन् । प्रशासनले कुनै कामको जिम्मेवारी हेर्ने, बुझ्ने गर्दैन ।
घर नजिकै विश्वविद्यालय बनेकोले खुसी नै छु । बेला–बेलामा हुने आन्दोलन, बन्दले दुःखी छु । पहिला रामपुर कृषि क्याम्पस हुँदा पनि यस्तै भइरहन्थ्यो । अहिले पनि उस्तै छ । अर्का स्थानीयवासी विजय परियारको गुनासो थियो । भिसी रजिष्ट्रारले पैसा खाएर निजी कलेजहरूलाई सम्बन्धन दिनु गलत भएको उनको मत थियो ।
राजकुमार श्रेष्ठ
Leave a Reply