विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
शनिबार भेनेजुयलाको बोलिभारियाली क्रान्तिमाथि अर्को ठूलो हमला भएको छ । भेनेजुयाली नेसनल गार्डको ८१ औं वार्षिकोत्सवमा बोल्दै गरेका भेनेजुयलाका साम्राज्यवादविरोधी राष्ट्रपति निकोलस माडुरोमाथि ज्यान लिने उद्देश्यले घातक हमला भएको हो । विस्फोटक पदार्थ भरिएको ड्रोन आकाशमा विस्फोट गराएर भेनेजुयलाको नेतृत्वमाथि कायरतापूर्ण हमला भएको छ । राष्ट्रपति माडुरोले सो घटनाको लागि भेनेजुयला र कोलोम्बियाका दक्षिणपन्थी शक्ति र अप्रत्यक्ष रूपमा संरा अमेरिकाका षड्यन्त्रकारीहरू जिम्मेवार रहेको बताएका छन् ।
अघिल्ला राष्ट्रपति ह्युगो चाभेजले सुरू गरेको भेनेजुयलाको बोलिभारियाली क्रान्तिमाथि यसअघि पनि पटक–पटक हमला भएका थिए । चाभेजलाई सैनिक विद्रोह गरी सत्ताच्युत गर्ने प्रयास पनि नभएका होइनन् । तर भेनेजुयलाका न्यायप्रेमी जनताले बोलिभारियाली क्रान्तिमा लगातार सहयोग गर्दै आएका छन् । जनताको प्रतिरोधसामु साम्राज्यवादी सहयोग प्राप्त भेनेजुयाली प्रतिक्रियावादी शक्ति पराजित हुँदै आएका छन् । शनिबारको हमला बोलिभियाका समाजवादी राष्ट्रपति ते मोरालेसको शब्दमा ‘राजनीतिक, सैनिक, आर्थिक र कूटनीतिकलगायत सबै हतियार निष्फल भएपछि प्रयोग गरिएको’ पराजित मानसिकताको उपज हो ड्रोन हमला ।
हरेक साम्राज्यवादविरोधी देशले जस्तै भेनेजुयलालाई पनि संरा अमेरिका नेतृत्वको साम्राज्यवादी गठबन्धनले नाकाबन्दी थोपरेको छ । त्यसकारण भेनेजुयलाको जनजीवन सहज छैन । यसको निम्ति साम्राज्यवादी शक्ति नै दोषी हो । तर साम्राज्यवादी सञ्चारमाध्यमहरूले भेनेजुयलाको वास्तविक अवस्थाभन्दा निकै अतिरञ्जनापूर्ण तरिकाले गलत प्रचार गरिरहेका छन् । सूचना युद्धबाट पनि भेनेजुयलाको बोलिभारियाली क्रान्तिलाई पराजित गर्ने प्रयास भयो । नाकाबन्दी स्वयं आर्थिक युद्ध हो । त्यो हतियार पनि अन्ततः जनताले भुत्ते बनाइदिए । राजदूतावासभित्र बसेर गैरकूटनीतिक काम गर्ने व्यक्तिलाई भेनेजुयाली सरकारले निर्ममतापूर्वक निकाला गरेपछि साम्राज्यवादले थोपर्न खोजेको कूटनीतिक दबाब पनि असफल बन्दै गएका छन् ।
सबै माध्यममा साम्राज्यवादी र दक्षिणपन्थीहरू असफल भएपश्चात् यतिबेला उनीहरू आफूसँग भएको अन्तिम हतियार लिएर मैदानमा उत्रेका छन् । तर यो हतियारले पनि कुनै पनि हालतमा उनीहरूको लक्ष्य पूरा गर्नेछैन । चाभेजको निधनपश्चात् पनि बोलिभारियाली क्रान्ति दबाउन साम्राज्यवादी शक्तिले प्रयास नगरेका होइनन् । अझ चाभेजको निधनसँगै भेनेजुयला सजिलै आफ्नो तखतमा आउने आशासमेत उनीहरूले गरेका थिए । तर चाभेजको निधनसँगै अरू हजारौं चाभेजहरू चाभेज बनेर क्रान्तिको रक्षामा उत्रिए । माडुरो आफै एकजना क्रान्तिका रक्षक ‘चाभेज’ हुन् ।
जसरी चाभेजको निधनले बोलिभारियाली क्रान्ति समाप्त भएन, त्यसरी नै कदाचित उनीहरूले भेनेजुयाली नेतृत्वमध्ये कसैको हत्या गर्न सफल नै भए पनि त्यहाँको क्रान्ति रोकिनेछैन । बरू अझ ऊर्जावान बनेर क्रान्ति अघि बढ्नेछ । किनभने बोलिभारियाली क्रान्ति कोही एकजना व्यक्तिको इच्छामा हुर्केको क्रान्ति होइन, बरू जनतामा गडेको साम्राज्यवादविरोधी भावनाको अभिव्यक्ति हो । न्यायपूर्ण समाज निर्माणको लागि भेनेजुयाली जनताको तीव्र चाहनाको आवाज हो–भेनेजुयाली बोलिभारियाली क्रान्ति ।
निःसन्देह क्रान्तिको बाटो सरल र सहज हुने गर्दैन । हजारौं पत्रमा सङ्घर्षको कथा लेखिएको हुन्छ– क्रान्तिको दस्तावेजमा । क्रान्तिमा रगत बगेको थियो, अझ बग्न सक्छ । तर न्यायपूर्ण क्रान्ति कहिल्यै हार्ने गर्दैन । भेनेजुयाली बोलिभारियाली क्रान्तिमाथि घरेलु र विदेशी प्रतिक्रियावादी र दक्षिणपन्थीले हमला गरे पनि क्रान्तिको मसाल भने उज्यालो बन्नुको अर्को विकल्प छैन । माडुरोमाथिको कायरतापूर्ण हमला साम्राज्यवाद कमजोर बन्दै गएको पूर्वसड्ढेत हो ।
Leave a Reply