हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
लण्डन, ८ फेब्रुअरी । बेलायतले युरोपेली युनियन छोड्नेसम्बन्धि एक विधेयक बुधबार राति त्यहाँको हाउस अफ कमन्सले बहुमतले पारित गरेको छ । अब बेलायत सरकारलाई युरोपेली संघ त्याग्न औपचारिक प्रक्रिया थाल्न मार्गप्रशस्त भएको छ ।
मतदानमा खसेको कुल ४९४ मतमध्ये ३७२ ले विधेयकको पक्षमा खसेको थियो भने १२२ ले विपक्षमा मत व्यक्त गरेका थिए ।
उपसभामुख लिन्से होलेले मतपरिणाम घोषणा गर्दै गर्दा बेलायती प्रधानमन्त्री थेरेसा मे आफ्ना मन्त्रीमण्डलका सदस्यहरुसँगै सदनमा सहभागी थिइन् ।
बेलायती संसदीय परम्पराअनुसार महारानी एलिजावेथसमक्ष सो विधेयक पेश हुनुअघि हाउस अफ लर्डमा प्रस्तुत गरिनेछ ।
संसदमा पेश भएका थुप्रै संशोधन प्रस्तावहरुलाई पराजीत गर्दै बुधबार विधेयक पारित भएपश्चात केही साताभित्र प्रधानमन्त्री मेले ब्रसेल्सस्थित युरोपेली संघको मुख्यालयमा बेलायतको बहिर्गमनको औपाचारिक जानकारी पठाउनेछिन् ।
प्रधानमन्त्री मेले गएको साता मात्रा बेलायती बहिर्गमनलाई संक्षिप्त प्रक्रियामा टुङ्ग्याउन थोरै शब्दको विधेयकमा संसदमा पेश गरेकी थिइन् ।
संसदहरुले मध्यरातसम्म बसेर सो विधेयकमाथि बहस गरेका थिए ।
स्कटिस राष्ट्रवादी संसद एलेक्स साल्मोण्डले सरकारले गरेको हतारोको विरोध गर्दै प्रथम विश्वयुद्धअघि सन् १९१४ मा पारित गरेको सुरक्षा कानुनभन्दा पछि यसरी हतारोमा कहिल्यै विधेयक पारित नगरेको भन्दै विरोध जनाएका थिए ।
अन्तिम मत परिणामले लेबर पार्टीका नेता जेरेमी कोर्बीको पक्षमा मतदान गर्न गरिएको निर्देशनलाई केही लेबर सांसदहरुले उल्लंघन गरेको देखाएको छ ।
जेरेमी कोर्बीका केही विश्वस्त सदस्यहरुले यसबीच राजीनामा समेत गरेको स्रोतले जनाएको छ ।
बुधबार भएको मतदानको क्रममा सांसदहरुको एक समूहले संसद भवनभित्र सामूहिक गीत गाएका थिए । केहीले ताली बजाएका थिए । उपसभामुख होलेले गीत र ताली बन्द गर्न आदेश जारी गरे पछि उनीहरु मौन भएका थिए ।
Leave a Reply