आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
काठमाण्डौ, २७ माघ ।
स्ववियु चुनाव हुने क्याम्पसहरुमा एक पछि अर्को संगठनहरुले विभिन्न माग राख्दै तालामाथि ताला थपेपश्चात फागुन १४ को निर्वाचन त्यही मितिमा हुने–नहुने अन्योल बढेको छ ।
बिहीबार त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा निर्देशन समितिका संयोजक प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा विभिन्न विद्यार्थी संगठनहरुसँगको बैठकमा त्रिवि पदाधिकारीहरुले तालाबन्दी फिर्ता गर्न आन्दोलनरत विद्यार्थी संगठनहरुलाई आग्रह गरेका थिए । तर स्ववियु चुनाव कम्तीमा १५–२० दिन पछि सार्न माग गर्दै आएको विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले उनीहरुको आग्रह ठाडै अस्वीकार गरेका थिए ।
अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
बैठकमा सहभागी अधिकांश विद्यार्थी संगठनहरुले त्रिविमा दलीय भागवण्डाबाट आएका पदाधिकारी र क्याम्पस प्रमुखहरुले आफ्नो दलसम्बद्ध विद्यार्थी संगठनलाई भित्री सूचना दिने र अवैधानिक भर्ना गर्न दिने काम भइरहेकोमा आपत्ति जनाएका थिए ।
विद्यार्थी संगठनहरुले जुम्ला बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पस, सानोठिमी क्याम्पस, त्रिचन्द्र क्याम्पसलगायतमा भएको एकमुष्ठ र फर्जी भर्नाको विषयमा आपत्ति जनाएका थिए ।
बैठकमा नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष नीरज लवजूले विगतमा भएका बैठकहरुमा तीन शासक दलका विद्यार्थी संगठनलाई काखी च्याप्ने गल्ती नगर्न पटक–पटक सचेत बनाए तापनि त्रिवि पदाधिकारीहरुले गम्भीरताका साथ नलिएका कारण आजको अन्योलको अवस्था आएको विचार राखेका थिए ।
उनले त्रिविले भर्ना बन्द गर्नेसम्बन्धि सूचना शासक दलनिकटका विद्यार्थी संगठनलाई चुहाएका कारण माघ १४ गते मध्यरातिसम्म देशैभरि चुनावी प्रयोजनको लागि व्यापक भर्ना गरेकै कारण समस्याको शुरुवात भएको भनाई राखे ।
अध्यक्ष लवजूले विगतमा त्रिविले कुनै संगठनको सम्मेलनको लागि परीक्षाको तालिकासमेत सारेको नजीरका आधारमा आज कुनै राजनीतिक दलको महाधिवेशनको कारण देखाएर स्ववियु चुनाव सार्ने प्रस्ताव आएको चर्चा गर्दै उपरान्त कुनै पनि संगठन विशेषको कार्यक्रमका लागि त्रिविले आफ्नो कार्यक्रम अघि–पछि नसार्ने प्रतिबद्धता आउनुपर्ने धारणा राखे ।
बैठकमा अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले फागुन १४ गते चुनाव गर्न नसके त्रिवि पदाधिकारीहरुले राजीनामा दिनुपर्ने धारणा राखे ।
अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले विगतमा नेपाल बन्दका बीच समेत स्ववियु चुनाव भएको उदाहरण भएका कारण जस्तै प्रतिकुलताबीच चुनाव हुनुपर्ने माग गरे ।
बैठकमा सहभागी नेविसंघका उपाध्यक्ष पुष्प शाहीले स्ववियु चुनावमा आफ्नो संगठन होमिन तयार भएको विचार राखे पनि नेविसंघको एउटा खेमाले क्याम्पस–क्याम्पसमा लगाएको तालाबन्दी भने फिर्ता गरेको छैन ।
नेविसंघ काठमाण्डौ जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा एउटा खेमा २८ वर्षको प्रावधान खारेज नभए चुनाव हुन नदिने रणनीतिका साथ सक्रिय छ । पार्टीले २८ वर्ष मान्न आदेश दिए तापनि उनीहरु आफ्नो गतिविधिलाई निरन्तरता दिइरहेका छन् ।
क्याम्पसमा २८ वर्ष भएका विद्यार्थी नेताहरु कम भएको र संगठनभित्रको आन्तरिक किचलोका कारण अहिले परिस्थितिमा निर्वाचन नफाप्ने भएकाले स्ववियु चुनाव सारे पनि नेविसंघ कुनै आपत्ति नगर्ने मुडमा छ । तर यसको दोष सकभर आफूलाई नआओस् भन्ने उसको चाहना छ ।
बिहीबार विद्यार्थी संगठनहरुसँग बैठक बस्नुअघि निर्वाचन अनुगमन समितिले उपत्यकाका क्याम्पस प्रमुखहरुसँग बैठक बसेको थियो । बैठकमा अधिकांश क्याम्पस प्रमुखहरुको रिपोर्ट निराशाजनक भएको शिक्षाध्यक्ष त्रिपाठीले बताइन्।
‘दुई दिनअघिको बैठकमा सबैको रिपोर्ट उत्साहप्रद थियो । तर तालाबन्दीले आजको कुरा सुन्दा त्यत्ति उत्साहप्रद छैन ।’, उनको भनाई थियो ।
Leave a Reply