यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, ३ भदौ । सरकारले वार्षिक रू. २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरूङ–काठमाडौं रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ ।
रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार सो रेलमार्गको कूल लागत रू. दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रू. २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो । चिनियाा कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाा अधिकारी छलफलमा जुटेका बेला विभागबाट उक्त जानकारी प्राप्त भएको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौंसम्मको दूरी ७२.२५ किमि छ । प्रतिकिमि रू. तीन अर्ब ५५ करोड लागत रहने विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणको विषयमा राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि खछ्याङसाग महत्वपूर्ण छलफल एवं सहमति भएको थियो ।
९८ प्रतिशत पुल र सुरूङ
विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायका अनुसार सो रेलमार्गमा ९८.५५ प्रतिशत पुल तथा सुरूङमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । कमजोर भूभाग रहेको भन्दै विभिन्न आशङ्का व्यक्त भइरहेको बेला चिनियाा प्राविधिक टोलीले गरेको अध्ययनअनुसार रेलमार्ग निर्माण गर्न उपयुक्त र सम्भाव्य देखिएको छ । नेपाल सरकार आफंैले पनि रेलमार्ग निर्माण गर्न सक्ने अवस्था रहन सक्ने अध्ययनबाट देखिएको छ ।
नेपाली र चिनियाा अधिकारीले प्रारम्भिक अध्ययन प्रतिवेदनलाई स्वीकृत गरेपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम शुरू हुनेछ ।
Leave a Reply