विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
२४ टोलमा विभाजित प्राचीन भक्तपुर नगरीमा विभिन्न मल्ल राजाहरूले प्रत्येक टोलमा साना–ठूला धेरै पोखरी खनाएका थिए । भक्तपुर नगरपालिकाको दस्तावेज भन्छ – तीमध्ये सिद्धपोखरी, गुह्यपोखरी, भाजुपोखरी, कमलपोखरी, रानीपोखरी (न्हु पुखुः) जस्ता ३३ वटा पोखरी अझै अस्तित्वमा छन् । तर, अस्तित्वमा रहेको भनिएको न्हु पुखुः पानी होइन झारले ढाकिएको छ । टुँडिखेलको पुछारमा रहेको यो पोखरी अहिले भग्नावशेष बनेको छ ।
नेवारी भाषामा न्हु पुखुःको नेपाली अर्थ नयाँपोखरी हुन्छ । भक्तपुरका राजा जगज्योति मल्लले ने.सं. ७५० र वि.सं. १६८७ मा यो पोखरी खनाएका थिए । उनले सोही वर्ष पुस कृष्णद्वादशीमा पोखरीमा शिवलि· स्थापना गरी मन्दिरको गारोमा शिलापत्र राखेका थिए ।
सिद्धपोखरीको पश्चिमपट्टि फराकिलो टुँडिखेल अतिक्रमण नगरी मल्ल राजाले रानीपोखरी बनाए । तर, अहिले पोखरी पूर्व टुँडिखेलमै सैनिक महाविद्यालयले स्वीमिङ पुल, बास्केट बल, भलिबल कोर्ट आदि बनाएको छ, विद्यालय भवनहरूले सार्वजनिक खुला ठाउँ भरिएका छन् ।
राजा जगज्योतिले पोखरीको बीचमा नागको मूर्ति र शिलाका चार खम्बामाथि शिवालय बनाउन लगाएका थिए । शिवालयसँगै दुईतले पाटी पनि बनाइएको थियो । त्यो पाटीलाई ह्वाँ ह्वाँ पाटी भनिन्थ्यो । नगरपालिकाले २०५७ सालमा दक्षिण सडकमै जोडेर पाटी मर्मत गरेको थियो ।
काठमाडौंका राजा प्रताप मल्लले १७२० मा भक्तपुरमा हमला गरी रानीपोखरीको सुनको सुन्दर नागको मूर्ति, छत्रलगायत भगवानका गहना लुटेर हनुमानढोका पु¥याएको बताइन्छ । उनले त्यो बेला शिवालय र ह्वाँ ह्वाँ पाटी भत्काउन पनि धेरै कोशिश गरेका थिए ।
काठमाडौंमा प्रताप मल्लको ३३ वर्षे शासनकालमा भक्तपुरमा नरेश मल्ल, जगतप्रकाश मल्ल र जितामित्र मल्लले राज्य गरेका थिए । लुटपाटको समयमा जगतप्रकाश मल्लको शासन रहेको थियो । लुटपाटको क्रममा पाटी भत्काउँदा पुरिएको ढु·ाको छेपु, तोरणको खोजीमा जीर्णोद्धारमा पनि ध्यान नदिएकोले शिलापत्र भेटिएन ।
भक्तपुरमा रानीपोखरी बनेको ४० वर्षपछि मात्र प्रताप मल्लले १७२७ सालमा रानीपोखरी बनाउन लगाएका थिए । भक्तपुरबाटै प्रभावित भई उनले काठमाडौंमा रानीपोखरी बनाउन लगाएको बताउनेहरू पनि छन् ।
पुरातात्विक महत्वको रानीपोखरी काँडेतारको घेरा र सैनिक पहराभित्र बन्दीझैं देखिन्छ । पोखरीको पर्खाल भत्किसकेको छ । हिउँदमा नागको खम्बाको वरिपरिसम्म पानी रहन्छ । वर्षामा वर्षात्को परिमाणअनुसार पानी बढ्छ ।
जोशी, अवाल, सुवाल, कुमाल, मधिकर्मीलगायत जातिको देवाली गर्ने स्थान पोखरी परिसरमै छ । तर, पोखरी र त्यहाँका मन्दिरमा देवाली पूजा गर्न पनि सेनाको अनुमति लिएर जानुपर्दछ । पोखरीमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार, १०० वर्ष पुरानो सम्पदालाई पुरातात्विक महत्वको मानिन्छ । तर अहिले ३८६ वर्षमा हिंडिरहेको पोखरीको ऐतिहासिक सम्पदा मानेर संरक्षण गर्न कोही अघि सरेको देखिंदैन । ‘माल पाएर पनि चाल नपाए’ झंै टुँडिखेल २००७ सालपछि नै सैनिक नियन्त्रणमा छ । तर, स्थानीय सरकार नगरपालिका स्वयं पुरातात्विक पोखरी संरक्षणमा मौन देखिन्छ । पुरातत्व विभागलाई यस्ता सम्पदाबारे थाहा छ, छैन पत्तो छैन ।
चौतर्फी बेवास्ताकै बीच सेनाको एक सनकमा पोखरी सम्याएर अर्को भवन नबनाइयोस्, डर यसैको छ । रानीपोखरी वरिपरि जोशी, अवाल, सुवाल, कुमाल, मधिकर्मीलगायत जातिको बसोबास छ । यी जातिको देवाली गर्ने स्थान पोखरी परिसरमै छ ।
Leave a Reply