भर्खरै :

गोदावरीमा पनि रङ्गशाला बन्दै !

ललितपुर, ११ भदौ । गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहुद्देश्यीय रङ्गशाला निर्माण सुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण सुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।
रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकुदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उहाँले बताउनुभयो ।
नगरपालिकाले रङ्गशाला निर्माणका लागि गत वर्ष रु. ४० लाख र यस वर्ष रु. एक करोड बजेट छुट्याएको छ । छिट्टै अखिल नेपाल फूटबल सङ्घसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताउनुभयो ।
“अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको छ”, उहाँ भन्नुहुन्छ, “एक÷दुई सातापछि नै फेरि सुरु हुनेछ ।” आगामी तीन वर्षभित्र रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । पहिले ढुङ्गाखानी सञ्चालन भएको स्थानमा अहिले रङ्गशाला निर्माण हुँदैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *