विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
क्रिश्चिना
१९ साउन २०७५ को ‘अन्नपूर्ण पोस्ट’ ले जापानको राजनीतिशास्त्र तथा राजनैतिक अध्ययन क्षेत्रका अगुवामध्ये एक मानिने कान किमुरासँग अन्नपूर्ण एक्प्रेसको निम्ति विश्वास बराल र शम्भु कट्टेलले कुराकानी गरेका थिए । कोबे विश्वविद्यालयको ग्रयाजुएट स्कूल अफ इन्टरनेसनल कोअपरेसन स्टडिजका प्राध्यापक किमुराले जापानी र कोरियाली इतिहास तथा जापान–कोरियासम्बन्धी दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । उत्तर र दक्षिण कोरियाबारे प्रमुख विज्ञ मानिने किमुराले एसियाली भूराजनीतिबारे पनि कलम चलाएका छन् । किमुरासँग अमेरिका र उत्तर कोरियाबीचको संवाद, एसियामा जापानको स्थान तथा चीनको ‘एक क्षेत्र, एक बाटोको अगुवाइ’ अर्थात् बीआरआई र त्यसबाट नेपालसमेतलाई पर्ने प्रभावबारे अन्तर्वार्तामा छलफल भएको थियो ।
त्यसबारे लेखिएको १९ साउनको ‘अन्नपूर्ण पोस्ट’ को शीर्षक थियो–‘चीनमाथि अत्यधिक भरपर्नु अनुचित हो ।’
यसबारे सत्य के हो भने कुनै पनि देश अर्को कुनै देशसँग कहिले पनि पूर्णरुपले भर पर्नुहुँदैन । त्यसो त छोराछोरी आमाबुबासँग जसरी अहिले भर परेको हुँदैन त्यस्तै आमाबुबा पनि आफ्ना छोराछोरीमा मात्रै भरपर्न नसक्ने हुँदा ‘आदर निकेतन’ को बन्दोबस्तको आवश्यकता अनुभव गरिंदै छ ।
पश्चिमी देशमा छोराछोरीले आमाबुबा वा हजुरआमा–हजुरबुबालाई महिना त के वर्षमा एक पटक पनि भेटघाट गर्न जाँदैनन् । भोलि नेपालबाट पश्चिमी देशमा गएका बुबाआमा र छोराछोरीको हालत के होला, नेपालको निम्ति कल्पनाभन्दा बाहिरको छ ।
दक्षिणपूर्वी एसियाबाट अमेरिकी सेना फर्कनु भनेको ‘जापानीहरूको लागि सबैभन्दा भयानक दुःस्वप्न’ हुनेछ ।
किमुराले त्यसो भन्नु आश्चर्यको विषय होइन, किनभने पहिलो विश्वयुद्धभन्दा पहिलेदेखि नै जापानले ठूलठूला भूभाग, कोरिया, फिलिपाइन्सदेखि इन्डोनेसियासम्म आक्रमण र शासन गरेका थिए । पहिलो विश्वयुद्धपछि पनि दक्षिणपूर्वी एसियामा आफ्नो प्रभाव कायम राख्न कोसिस गरेका थिए । दोस्रो विश्वयुद्धमा समेत ती क्षेत्र र देशहरूमा जापानी सैन्यवादले ठूलो अत्याचार गरेको इतिहासले बताउँछ । यसकारण चीन, कोरिया, फिलिपाइन्सदेखि इन्डोनेसियासम्मका जनताले जापानलाई लेला कि भन्ने डर त रहिरहने भयो । जापानमा परम्परावादीको सट्टा प्रगतिशील पक्ष सत्तामा आएमा यसबारे परिस्थितिमा परिवर्तन आउने सम्भावना देख्नेहरू त्यस क्षेत्रमा नभएका होइनन् ।
कान किमुराले छिमेकी देशहरू दक्षिण कोरिया, फिलिपाइन्स र जापानसँग चीनको सुमधुर सम्बन्ध नभएको साउन महिनामा बताएका थिए । तर अहिले दक्षिण कोरिया र फिलिपिनी जनता चीनसँगको सम्बन्धमा राम्रै सुधार भएको बताइन्छ । जापानको पुरानो आक्रमण र उपनिवेशकै कारण जापानी परम्परावादी शासक वर्ग अमेरिका त्यहाँबाट गए बदला लेला भनी डराउनु मनोवैज्ञानिक कारण हो । साथै जापानले गरेको आक्रमण र लडाइँमा गरेको दुःख र पीडाबारे उनीहरूले माफी मागेका छैनन् र पश्चाताप गरेका छैनन् । तैपनि दक्षिण कोरिया र जापानमा चिनियाँ सामान र चिनियाँ पर्यटकहरूको ओइरोले जापानी र दक्षिण कोरियाली नयाँ पुस्तामा पुरानाको जस्तो मनोवैज्ञानिक सन्त्रास नभएको जापानबाट फर्केका जानकारहरू बताउँछन् ।
जापानी सैन्य शासनमा छिमेकीलाई ‘विभाजन गर र शासन गर’ भन्ने नीति लिएको हुँदा बलियो र समृद्ध चीनले पनि त्यसो गर्ला कि भन्ने मनोविज्ञान पुराना पुस्ताका जापानीहरूमा हुनु स्वाभाविक हो । ह्वाङ हो र याङतिसिक्याङमा धेरै पानी बगिसकेको हुँदा पुरानो डर पालेर बस्ने बेला छैन भन्नेबारे नयाँ जापानी पुस्ता बुझ्दै छन् भन्ने सुनिन्छ ।
अमेरिकापछि जापान एक्लो हुनेछ भन्ने जो मनोविज्ञान जापानमा छ, त्यो पुरानो विचार हो । छिमेकीसँगको जापानको सम्बन्धमा नयाँपन आउनासाथ दक्षिणपूर्वी एसिया आर्थिक रुपले अगाडि बढ्ने निश्चित छ, जुन कुरा संरा अमेरिका विभिन्न कारणले मन पराउन्न ।
कान किमुराले म्यानमारसमेत भारतको प्रभावमा छैन र ऊ एक्लो छ भन्ने कुरो एक महिनाभित्रै अर्थात् नेपालमा हुन गइरहेको बिम्स्टेक बैठकले असत्य सावित ग¥यो ।
इतिहासले छोडेको भारत–चीन सीमा विवाद एक एक गरेर प्रमाणको आधारमा छिनोफानो गर्ने नीतिको पश्चिमी देशलाई धेरै हिन्द महासागरको पानी धमिल्याउन खोजे पनि सी चिनफिन र मोदीको मित्रता अघि बढ्दै गएको पर्यवेक्षकहरू अनुभव गर्छन् ।
तर ‘एक क्षेत्र एक बाटो अगुवाइ’ (बीआरआई) बारे जापान सशङ्कित भए पनि, भारत त्यसबाट अलग भए पनि पूर्वदेखि पश्चिमसम्म ‘चीनको सपना’ र ‘रेल र समृद्धि बाटो’ को नयाँ आयामले हिजोका सबै शत्रुता, कटुता र शङ्का आज २१ औं शताब्दीको दोस्रो दसकमा नयाँ बिहानीको रुपमा नवीन आशाका साथ संसार अगाडि बढ्ने सम्भावना देखिंदै छ, किनभने ‘व्यापार युद्ध’ ले कसैको भलो गर्दैन ।
Leave a Reply