भर्खरै :

‘पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छन्’

–सुरेश परियार
वाशु शशीको एउटा कवितांश छ –‘पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छन् ।’ नेपाली शिक्षा जगतमा नवउदारवादको प्रवेशसँगै धेरै विद्यार्थी शिक्षाको पर्खालबाहिर परेका छन् । पर्खालबाहिर पर्ने यो क्रम किस्ता–किस्तामा हुन्छ । किनभने यहाँ धेरै पर्खाल लगाइएका छन् । पहिलो त, धनीका छोराछोरीले पाउने शिक्षा र आम कामगरी खाने जनताका छोराछोरीले पाउने शिक्षाबीच निकै ठूलो पर्खाल छ । एक कक्षामा भर्ना भएका बहुमत विद्यार्थी दश कक्षासम्म नपुगेका आँकडा वर्षैपिच्छे आइरहन्छन् । आमजनताका छोराछोरीले जसोतसो एस.एल.सी. कटाए पनि एघार र बाह« कक्षा उच्च माध्यामिक शिक्षा परिषद्अन्तर्गत पढ्नुपर्ने अवस्था थियो । किनभने त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने सो सरहको प्रवीणता प्रमाणपत्र तह हटाएर एउटा पर्खाल बनाइएको छ । त्यसलाई उक्लन नसक्नेहरु खाडीतिर लाग्छन् वा भारततिर भासिन्छन् । यो पर्खाल नाँघ्न सक्ने सम्पति भएकाहरु स्नातकको दैलोमा आउँदा फेरि अर्काे पर्खाल आइलाग्छ । स्नातक र स्नातकोत्तरको शिक्षण शुल्क एकाएक पाँच गुणा बढाएर सरकारी शिक्षाविद्, प्रशासक र आफूलाई मूलधारका विद्यार्थी सङ्गठन भन्न रुचाउनेहरुको मिलेमत्तोमा केही वर्षअघि यो पर्खाल लगाइएको हो । यसलाई उक्लन नसक्नेहरु पाखा लाग्छन् । स्नातकको शिक्षा किन्न सक्नेहरु पढ्छन् । स्नातकोत्तरको सङ्घारमा फेरि अर्काे पर्खाल आइलाग्छ । स्नाकोत्तर सेमेष्टर प्रणालीमा लैजाँदा सेमेष्टरपिच्छे १० प्रतिशतका दरले शिक्षण शुल्क बढाउने गरी तिर्ने शिक्षाप्रमी र विद्यार्थीका शुभचिन्तकले हस्ताक्षर गरेका थिए । नयाँ प्रणालीमा अतिरिक्त शैक्षिक खर्च पनि बढेको छ । गोजी गरम हुनेहरु उक्लन्छन् । बाँकी विद्यार्थीहरु सकेसम्म युरोप–अमेरिका हानिन खोज्छन् । स्नातकोत्तरपछिका पर्खालहरुतिर नजाउँ । एउटै उदाहरण सुनाए, “यो देशमा भागबन्डा चलिहान्छ । हेर्नाेस्, हामीलाई भविष्यको चिन्ता छैन ।”

हुँदा–हुँदा कहलिएका समाजशास्त्री चैतन्य मिश्र सरले पूँजीवादको पैरवी गर्न थाल्नु भएको छ प्रष्ट भाषामा । कम्युनिष्टहरुले आफ्ना एजेण्डाहरु थान्को लाए हुन्छ, भन्नुहुन्छ । मानौं पूँजीवादको विकल्पै छैन । उहाँले भनेजस्तो तेस्रो विश्वका देशहरुमा पूँजीवादको व्यवस्थित विकास गर्न सम्भव छैन । केही देशमा देखिएको पूँजीवादी विकास कि त साम्राज्यवादी लुटमा आधारित छ कि त सार्वभौमिकताको मूल्यमा साटिएको छ । हामै देशको विकास नहुनुको कारण भारतले थोपरेका प्राकृतिक एवम् अन्य असमान सन्धि–सम्झौताहरु हुन् । साम्राज्यवाद एवम् विस्तारवादद्वारा प्रायोजित राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले देशको अर्थतन्त्रमा भाँडभैलो मच्चाएका छन् । मिश्र सर यी दृश्यहरुलाई नदेखेझैं गर्नुहुन्छ । उहाँको सन्दर्भमा यो पुस्तकमा छापिएको एउटा वाक्य मिल्न जान्छ । “नवउदारवादीहरु दास, उपनिवेश र चरम शोषणलाई नदेखेजस्तो स्वाङ पार्दैछन् ।”

‘शिक्षा र नवउदारवाद’ नामको पुस्तकले हामी विद्यार्थीहरुले देख्दै–भोग्दै आएका समस्याहरु, तिनले हामीमा उब्जाएका प्रश्नहरुको जवाफ दिएको छ । एक प्रकारले हामीलाई झकझकाएको छ । हामीलाई नेपाली शिक्षा प्रणालीको भविष्यबारे गम्भीर बनाएको छ । बुँदागत रुपमा ती प्रश्नहरु उल्लेख गर्छु ः
१) पहिले सामाजिक शिक्षाअन्तर्गत इतिहास, भूगोल, विभिन्न क्रान्तिहरुबारे गहिराईमा अध्यापन हुन्थ्यो । हामीसम्म आइपुग्दा पाठ्यपुस्तकहरुले किन हाम्रो सामाजिक चेत घटाउँदै लगिरहेछन् ? नयाँ शिक्षित पुस्ता किन पश्चिमतिर आकर्षित छ ? देशबारे किन कम पढाई हुन्छ ?
२) आजभोलि ट्युसन, केचिङ कक्षाहरु, टोफेल, आएल्स, जि.आर.ई.र विदेशी भाषा सिकाउने संस्थाहरु गाउँ–गाउँसम्म किन मौलाउँदै छन् ? ती कक्षाबिना विद्यार्थी किन कमजोर हुन्छन् ? शिक्षकहरु किन पुरेत्यार्इँ गर्दै हुनुहुन्छ ?
३) त्रि.वि.मा सामाजिक विज्ञानका विभागहरु किन सुक्दैछन् ?
४) देशको शिक्षा प्रणालीले किन विदेश ताक्ने विद्यार्थी ‘उत्पादन’ गर्दैछ ?
५) स्नातक विज्ञानमा भर्ना भएको विद्यार्थीले किन जि.आर.ई. कोर्ष पनि सँगै शुरु गर्छ ? विज्ञान संकायको स्नातक कोर्षलाई चार वर्षे बनाउन किन हतारो गरियो ?
६) किन आज समाजमा शिक्षकको प्रतिष्ठा घट्दैछ ? किन ऊ फगत पैसा उब्जाउने साधन बन्न बाध्य छ ?
७) समाजमा चरम असमानता र दुःख थपिंंदै जाँदा पनि विद्यार्थी किन चुप छ ? उसको आलोचनात्मक चिन्तन र विवेकमा कसले चुकुल लगाउन खोज्दैछ ?
८) यो देशमा नवउदारवादी अर्थनीति भित्र्याउने रामशरण महतले किन उत्कृष्ट अर्थमन्त्रीको पगरी थापे ? त्यो पनि युरोपबाट । त्यही नीतिलाई पछ्याउनेहरु कसका मतियार हुन् ? के तिनीहरु देशभक्त हुन् ?
९) स्नातक र स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुमा निराशा, डिप्रेशनआदि किन बढ्दैछ ?
१०) शिक्षित बेरोजगारहरु बढ्दै जानुको कारण के हो ? के पूँजीवादको लक्ष्य पूर्ण रोजगारी हो ?
११) विद्यार्थी जीवन किन तमाशा बन्दैछ आज ? एउटा हातमा पाठ्यपुस्तक अर्काेमा लोक सेवालगायतका पुस्तक, एउटा खुट्टा विदेशी भाषामा, अर्काे खुट्टा विदेशिने कोर्षहरुमा राख्न किन विवश छन् विद्यार्थीहरु ? किन जुवाडे बनाइँदैछ विद्यार्थीलाई ? अनेक ठाउँमा दाउ राख्ने जुवाडे ?
१२) त्रिविले आंगिक क्याम्पसहरु किन थपेन ? उल्टै विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरु किन निर्बाध खुलिरहेछन् देशभित्र ?
१३) सरकारी विद्यालयहरु सामुदायिक बनाउनुको कारण के हो ? किन एकथरी ‘विद्वानहरु’ आंगिक क्याम्पसहरुलाई ‘स्वायत्त’ बनाउने प्रपञ्चमा कम्मर कसेर लाग्देैछन् ?
पुस्तकमा यी र यस्ता थुप्रै प्रश्नका गम्भीर उत्तर छन् दिमागै हल्लाउने । पूँजीवाद र उदारवादका पाखण्डहरु केलाइएको छ पुस्तकमा । खासमा पूँजीवाद पाखण्डै पाखण्डको पुलिन्दा हो । ‘शिक्षाबिना प्रजातन्त्र मौलाउन्न’ भनी साना कक्षामा पढ्ने बाल–बालिकाहरु पढाईको यात्रामा बनाइएका पर्खालहरुमार्फत पन्छाइन्छन् । उनीहरु पूँजीवादी बजारका सस्ता ज्यामी बन्न बाध्य छन् । यसैबाट पुष्टि हुन्छ ‘प्रजातन्त्र’ पूँजीवादको उद्देश्य होइन ।

सङ्घर्ष दुई मोर्चाको हुन्छ । भौतिक र बौद्धिक । भौतिक मोर्चामा एक दुई लडार्इँ हारेपछि युद्ध जित्ने सम्भावना रहिरहन्छ । तर बौद्धिक मोर्चामा पराजित सिपाहीको मनोबल मरेपछि ऊ युद्धमा फर्कन युगौं लाग्न सक्छ ।

अर्कै भयड्ढर दृश्यहरु त देखिनै बाँकी छन् । जसरी आज युरोप–अमेरिकामा आफ्नो महँगो पढाइ खर्च व्यहोर्न विद्यार्थीहरु कथित यौन ‘उद्योग’ र अपराध आदिमा लाग्न बाध्य छन् । मानसिक रोगीहरुले विश्वविद्यालयहरु भरिंदैछन् त्यहाँ । भोलि नेपालमा पनि यस्ता दृश्यहरु सतहमा आउनेछन् । आजभोलि सीमा नजिकका नेपाली शहरलाई सीमापारका भारतीयहरु ‘रेड लाइट एरिया’ भन्न थालिसकेका छन् । होटलहरुमा छापा मार्दा अथवा लागू औषधि कारेबारमा पनि विद्यार्थीहरु पक्राउ पर्दै छन् । त्यस्तो भए दोष कसको ? देशमा नवउदारवादलाई छाडा छोड्ने तीन हात्ती दल, त्रिविमा नवउदारवादलाई संस्थागत गर्ने विद्यार्थी आन्दोलनका तीन हस्ताक्षर, विदेशी वृद्धि बोकी हिंड्ने प्रशासकहरु र मौन बस्ने बुद्धिजीवी र विद्यार्थीहरु यसका जबर्जस्त दोषी हुन् । दोषीहरुले आज इमान्दार आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । आसन्न स्ववियु निर्वाचनलाई हामीले ‘नवउदारवाद र यसका प्रभावहरु’बारे छलफल गर्ने मञ्च बनाउनुपर्ने देखिन्छ ।
समयको माग हो यो । किनभने भोलि यो देशसँगै हाम्रा सन्तानहरु नवउदारवादको क्रुर पञ्जामा पर्ने निश्चित छ । अहिलेकै गतिलाई हेर्ने हो भने । आफ्ना क्षणिक स्वार्थका लागि यो महत्वपूर्ण विषयलाई नपन्छाउँ ।
नवउदारवाद विदेशी सङ्घर्षको विकल्प छैन । सङ्घर्ष दुई मोर्चाको हुन्छ । भौतिक र बौद्धिक । भौतिक मोर्चामा एक दुई लडार्इँ हारेपछि युद्ध जित्ने सम्भावना रहिरहन्छ । तर बौद्धिक मोर्चामा पराजित सिपाहीको मनोबल मरेपछि ऊ युद्धमा फर्कन युगौं लाग्न सक्छ । शिक्षा जगतमा बौद्धिक मोर्चाका सिपाही प्रशासकहरु, बुद्धिजीवी र स्वयं विद्यार्थी सङ्गठनहरु हुन् । पहिले प्रशासक देशमा असल प्रशासकको खडेरी छ । दबदबा ठेकेदार मानसिकताका प्रशासककै छ । हात्ती दलहरु एवम् विभिन्न शक्ति केन्द्रका ढाडसप्राप्त यिनीहरु बलशाली छन् । एउटा नमुना लिउँ । विश्व बैङ्क, एसियाली विकास बैङ्कजस्ता साम्राज्यवादी वित्तीय संस्थाहरुको दबाबमा त्रिविका आंगिक क्याम्पसहरुलाई स्वायत्त बनाउने एकसरो अभियान चल्यो । त्रिवि पदाधिकारीहरु विद्यार्थीहरुलाई मनाउन एक आंगिक क्याम्पसमा पुगे । बैठकमा विद्यार्थीहरुले कडा शब्दमा प्रस्तावको विरोध गरे । भागबन्डामा परेका क्याम्पस प्रमुखले विद्यार्थीसामु एक अलगै बैठकमा भने “इतिहासमा कि कालो लेखिन्छ कि सेतो । सेतो लेख्न सकिनँ । कालै भए पनि लेखेरै छाड्छु ।” अब, बौद्धिकहरु विस्तारै देशको इमान्दार बौद्धिक जगत नवउदारवादको प्रभावबारे सचेत र सतर्क हुँदै गएको देखिन्छ । तर यो जमातले सङ्घर्ष चर्काउन पनि उत्तिकै आवश्यक देखिन्छ । किनभने विदेशी बृद्धिमा चल्नेहरु पनि बजारमा प्रशस्तै छन् । हुँदा–हुँदा कहलिएका समाजशास्त्री चैतन्य मिश्र सरले पूँजीवादको पैरवी गर्न थाल्नु भएको छ प्रष्ट भाषामा । कम्युनिष्टहरुले आफ्ना एजेण्डाहरु थान्को लाए हुन्छ, भन्नुहुन्छ । मानौं पूँजीवादको विकल्पै छैन । उहाँले भनेजस्तो तेस्रो विश्वका देशहरुमा पूँजीवादको व्यवस्थित विकास गर्न सम्भव छैन । केही देशमा देखिएको पूँजीवादी विकास कि त साम्राज्यवादी लुटमा आधारित छ कि त सार्वभौमिकताको मूल्यमा साटिएको छ । हामै देशको विकास नहुनुको कारण भारतले थोपरेका प्राकृतिक एवम् अन्य असमान सन्धि–सम्झौताहरु हुन् । साम्राज्यवाद एवम् विस्तारवादद्वारा प्रायोजित राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले देशको अर्थतन्त्रमा भाँडभैलो मच्चाएका छन् । मिश्र सर यी दृश्यहरुलाई नदेखेझैं गर्नुहुन्छ । उहाँको सन्दर्भमा यो पुस्तकमा छापिएको एउटा वाक्य मिल्न जान्छ । “नवउदारवादीहरु दास, उपनिवेश र चरम शोषणलाई नदेखेजस्तो स्वाङ पार्दैछन् ।”
जहाँसम्म विद्यार्थी सङ्गठनहरुको स्थिति छ । त्यसबारेमा एउटै उदाहरण काफी छ । नेक्राविसङ्घ केन्द्रीय समितिको यो पुस्तक छापिंदाको बखत देशमा एउटा खबर छायो । अखिल भारतीय विद्यार्थी परिषद्को राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट नेविसङ्घ, अनेरास्ववियु र प्रचण्ड पक्षीय अनेरास्ववियु क्रान्तिकारीका नेताहरु भारत पुगे । कट्टर हिन्दुवादी उक्त विद्यार्थी परिषद् आमभारतीय विद्यार्थी माझ अलोकप्रिय छ । यही सङ्गठनले केही समय पहिले भारतमा चर्किंदो नवउदारवादविरुद्ध सङ्घर्षरत कन्हैया कुमारहरुको सङ्गठनलाई फँसाउन माऊ पार्टी भाजपासँगै अनेक षड्यन्त्र गरेको छ । भारतमा फैलिंदो नवउदारवादसँगै त्यसविरुद्ध उभिने कन्हैयाहरुको आन्दोलन विद्यार्थीहरुमाझ लोकप्रिय बन्दै छ । जेहोस्, नेपाली तीनै हात्ती विद्यार्थी सङ्गठनहरुको बौद्धिक टाट पल्टाइको नमूना हो यो घटना ।

(सुरेश परियार नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य हुनुहुन्छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *