भर्खरै :

युवा वैज्ञानिक प्रदर्शनी सम्पन्न

काठमाडौँ, २९ माघ । विद्यार्थीको उत्सुकतालाई मेटाउने उद्देश्यले आयोजना गरिएको छैटौँ अन्तरविद्यालय युवा वैज्ञानिक मेला यहाँ आज सम्पन्न भएको छ ।
काठमाडौँको यूरेका माध्यमिक विद्यालयले आयोजना गरेको सो मेलामा करिब एक दर्जन विद्यालयका २५ वटा आविष्कार प्रदर्शनी गरिएको थियो । राजन मेमोरीयल इन्टरनेशनल स्कूल बालाजुले प्रदर्शनी गरेको ‘भविष्यको नेपाल’ आविष्कार प्रथम, ब्रेनल्याण्ड स्कूल कपनको आविष्कार ‘आवाजबाट नियन्त्रीत् रोबोट’ द्वितिय तथा आयोजक यूरेका माध्यमिक विद्यालयको आविष्कार ‘स्वचालित तरकारी काट्ने मेसिन’ले तेस्रो स्थान प्राप्त गरेको छ ।
त्यस्तै, जनमतका आधारमा यूरेका विद्यालयको आविष्कार उत्कृष्ट घोषित भयो । विजेतालाई नेपाल विज्ञान तथा प्रविधि–प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ऋषि शाहले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
उक्त मेलाको करिब एक हजार ५०० जनाले अवलोकन गरेका थिए । सो मेलाबाट युवा विद्यार्थीलाई नविनतम् आविष्कार गर्न टेवा पुगेको मेलाका संयोजक प्रबोध प्रभाकर रिजालले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *