भर्खरै :

मिश्र पुरस्कार फुयाँललाई

काठमाडौँ, २९ माघ । कवि युद्धप्रसाद मिश्र स्मृति पुरस्कार यस वर्ष नाट्यकर्मी विष्णुभक्त फुयाँललाई (मरणोपरान्त) दिइने भएको छ ।
महिनाअघि नाटक मञ्चनकै क्रममा ७९ वर्षको उमेरमा फुयाँलको निधन भएको थियो । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले फुयाँलको योगदानलाई कदर गर्दै पुरस्कार दिने निर्णय भएको बताउनुभयो ।
पुरस्कारको राशि रु १० हजारको छ । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित महर्षी यज्ञवल्क्यको नाटकको महर्षीको पात्रका रुपमा अभिनय गर्दागर्दै फुयाँलको निधन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *