शैक्षिक प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई आफ्नो सर्वाङ्गीण विकासमा ध्यान दिन आग्रह
- जेष्ठ २९, २०८३
नारायणमान विजुक्छें(राहित)
नेपाली समाजले आज देखेभोगेको परिवर्तन सहिदहरुको बलिदानकै कारण सम्भव भएको हो । नयाँ परिस्थितिसँगै नयाँ समस्याहरु पनि थपिंदै जान्छ र त्यसविरुद्ध संघर्ष गर्दै नयाँ सहिदहरुको पनि जन्म हुन्छ । इतिहासको विभिन्न कालखण्डहरुमा जन्मेका सहिदहरुको विषयमा र उहाँहरुले गर्नुभएको योगदानको विषयमा नयाँ पुस्तालाई जानकारी दिंदै जानुपर्छ ।

हरेक व्यक्तिका सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन् । हामीले सकारात्मक पक्षलाई उजागर गर्दै नकारात्मक पक्षको समयमै आलोचनामार्फत् सुधार्न लगाउनु आवश्यक हुन्छ । जीवनमा गरेका केही नकारात्मक कामहरुले पनि उत्तराद्र्धकालमा सा¥है सताउने गर्छ, पश्चातापको आगोले पोल्ने गर्छ । राजनैतिक दलका नेताहरुको गल्तीले उनीहरुलाई मात्र पोल्ने होइन, त्यसले देश र समाजमा समेत गहिरो नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले हामीबाट सकेसम्म गल्ती नहोस् र साथीहरुले पनि गल्ती नगरुन् भन्ने चाहना राखेर सचेततापूर्वक काम गर्नु उपयुक्त हुन्छ । भौतिकवादी दृष्टिकोणले हेर्दा वि.सं. २००७ सालको आन्दोलनमा भारतले नेपाललाई सहयोग गर्नुको पछाडि उसको स्वार्थ थियो । २०० वर्ष अगाडि नै इष्ट इन्डिया कम्पनीमार्फत् बेलायती साम्राज्यवादले भारत र वरपरका देशहरुमाथि कब्जा गर्दै आफ्नो नियन्त्रणमा राखेको थियो । भारत बेलायती साम्राज्यवादबाट स्वतन्त्र भएपछि भारतीय शासक वर्गले बेलायतको ‘लिगेसी’लाई निरन्तरता दिन खोज्यो । नेपालका दुई छिमेकी देशहरुमध्ये उत्तरको ठूलो देश चीनले जापानी र अमेरिकी साम्राज्यवादबाट मुक्त भएसँगै समाजवादी व्यवस्था स्थापना ग¥यो ।
गणेशमान सिंहजीले इन्द्रचोकको एक गल्लीमा एक श्रेष्ठको घरमा भन्नुभएअनुसार जोशीजी जेलमा छँदा उनको छोरा विरामी भयो । उनकी श्रीमती विरामी छोरालाई लिएर प्रजा परिषद्का सदस्य तथा नजिकका नाता–गोता र साथीहरुको घर–घरमा गएकी थिइन् तर कसैले सहयोग गरेनन् । उपचारको अभावमा छोराको निधन भएपछि लास बोक्दै उनी श्रीमानलाई भेट्न भद्रगोल जेल गइन् । रुँदै आफू पनि जेल बाहिर मर्ने घुर्की देखाएपछि रामजी जोशीले श्रीमतीको वेदना सहन नसकी पागलसरि कराउँदै कागज मागी प्रजा परिषद्का सबै सदस्यहरुको नाम लेखेर दिएका थिए ।
समाजवादी व्यवस्था बहुमत कामदार वर्गको हित हुने कम्युनिष्ट व्यवस्था हो । तर भारतमा स्वतन्त्रतासँगै पूँजीवादी व्यवस्था स्थापना भयो । पतोनोन्मुख बेलायती साम्राज्यवाद र भारतीय शासक वर्ग नेपालमा चीनको प्रभाव नपरोस् भन्ने चाहन्थे, किनभने नेपालमा चिनियाँ प्रभाव बढेमा त्यससँगै भारतीय जनतामा पनि समाजवादको लहर आउँछ भन्ने उनीहरुलाई डर थियो । त्यसैकारणले नेपालस्थित भारतीय दूतावासका सांस्कृतिक सहचरीहरु आफै सक्रिय भएर त्यतिबेला राणाविरोधी संघर्षमा लाग्ने नेता कार्यकर्ताहरुलाई सहयोगको नाममा निर्देशन दिन्थे । विराटनगरमा सगरमाथा पुस्तक भण्डारका सञ्चालक वैद्यजीसँगको भेटमा उहाँले काठमाडौंको हलुवाईको पसलमा तत्कालीन भारतीय सांस्कृतिक सहचरीले राणाविरोधी आन्दोलनमा लागेका युवाहरुलाई भेट्ने र त्यही क्रममा आफूमार्फत् लक्ष्मीप्रसाद देवकोटालगायतलाई भारतमा लैजाने र अध्ययनसँगै राजनीतिक गतिविधि गर्न सिकाइएको बताउनुभयो । भारतले नेपालमाथि बेलायती ‘लिगेसी’ खोजिरहेको अर्को उदाहरण गोर्खा भर्तीकेन्द्र हो । उतिबेला बेलायतले राणाहरुमार्फत्् नेपाली गोर्खाली सेना भर्ती गरी आफ्नो उपनिवेशहरु कब्जा गर्न र पहिलो विश्वयुद्धमा लड्न पठाएका थिए । बेलायत भारतबाट फर्केपछि बेलायत, भारत र नेपालको त्रिदलीय सन्धिमार्फत् भारतीय सरकारले गोर्खा भर्तीकेन्द्रलाई निरन्तरता दिंदै अहिले पनि हजारौं नेपाली गोर्खालीहरुलाई भारतीय जनताको आन्दोलन दबाउन र भारतको सीमा बाहिर लड्न पठाइरहेको छ ।
जतिबेला राणाहरुले तत्कालीन राजा त्रिभुवनलाई एकप्रकारले ‘बन्दी’ बनाइरहेका थिए, राजा आफू राणाहरुको पञ्जाबाट स्वतन्त्र हुन चाहनु स्वाभाविक थियो । उनलाई भित्रभित्रै बेलायत र भारतले सहयोग गर्दै थियो । त्यतिबेला राजालाई कुस्ती सिकाउने सहिद धर्मभक्त माथेमामार्फत् काठमाडौं उपत्यकाका तीनवटै सहरमा पुस्तक पु¥याउने एकजना बुक सेलरले पुस्तक पु¥याइदिन्थे । भक्तपुरका पूर्ण खागीले तुल्सीलाल अमात्यलाई पनि राजासँग सम्पर्क गराउन सहयोग गर्थे ।
वि.सं. १९९७ सालका सहिदहरुको प्रसङ्ग उठ्दा प्रजा परिषद्का सबै सदस्यहरुको नाम राणाहरुलाई बताउने रामजी जोशीलाई विश्वासघाती भनेर इतिहासमा उल्लेख छ । उनी सहिद शुक्रराज शास्त्रीका भाइ नाता पर्ने व्यक्ति थिए र उनी पनि प्रजा परिषद्मै लागेर राणाविरोधी गतिविधिमा सक्रिय हुने क्रममा जेल परेका थिए । गणेशमान सिंहजीले इन्द्रचोकको एक गल्लीमा एक श्रेष्ठको घरमा भन्नुभएअनुसार जोशीजी जेलमा छँदा उनको छोरा विरामी भयो । उनकी श्रीमती विरामी छोरालाई लिएर प्रजा परिषद्का सदस्य तथा नजिकका नाता–गोता र साथीहरुको घर–घरमा गएकी थिइन् तर कसैले सहयोग गरेनन् । उपचारको अभावमा छोराको निधन भएपछि लास बोक्दै उनी श्रीमानलाई भेट्न भद्रगोल जेल गइन् । रुँदै आफू पनि जेल बाहिर मर्ने घुर्की देखाएपछि रामजी जोशीले श्रीमतीको वेदना सहन नसकी पागलसरि कराउँदै कागज मागी प्रजा परिषद्का सबै सदस्यहरुको नाम लेखेर दिएका थिए । यो कति सत्य हो मलाई थाहा भएन । तर मैले यहाँनेर जोड दिन खोजेको कुरा के हो भने त्यतिबेला जनताको त के नेता–कार्यकर्ताहरुको राजनैतिक चेतनास्तर समेत आवश्यकताअनुसार उठेको थिएन । त्यसैले सानोतिनो अप्ठेरो परिस्थितिमा पनि शत्रुसामू आत्मसमर्पण गरिन्थ्यो । आज पनि व्यापक जनतामा सचेतना जागेन र सङ्गठित भएन भने विदेशको सामु पनि नेताहरु र कार्यकर्ता पनि झुक्नेछन् ।
२०४५ सालको भक्तपुर काण्डमा म र हाम्रा सयौं साथी पक्राउ पर्दा घरमा मेरी जहानले पार्टीका नेता कार्यकर्तालाई राम्ररी चिनेकै थिइनन्, न त उनले हाम्रा नातागोता नै चिनेकी थिइन् । अप्ठेरो पर्दा कसलाई भेट्ने भन्ने नै थाहा थिएन । आन्दोलनको क्रममा एक–दुई जना महिला कार्यकर्ताहरुलाई मात्र चिनेकी थिइन् । चारै जना भाइहरु कता गए उनीलाई थाहा थिएन । लोग्ने मानिसहरुमध्ये घरमा नेपालगञ्जका एकजना साथी र डा. अशोकानन्द मिश्रमात्र घर पुग्नुभएको थियो । डा. मिश्रले करिब १२ वर्ष भक्तपुर अस्पतालमा बसेर यहाँका गरिबका घर–घरमा आफै गई उपचार गर्नुहुन्थ्यो । उहाँ सरकारी अफिसर नै हुनुहुन्थ्यो । मेरो घरबाट बाहिर निस्कनासाथ उहाँलाई प्रहरीले दिनभर डीएसपी अफिसमा राख्यो । नेपालगञ्जको साथीलाई भक्तपुरमा कसैले चिनेनन्, उनी पक्राउ पर्नबाट बच्नुभयो । २०४५ सालमा जनताको राजनैतिक स्तर कम थियो भने २००७ साल अघि कस्तो थियो होला ¤? हामी अनुमान गर्न सक्छौं ।
आजभोलिका युवाहरु आफ्नै मेहेनतले डाक्टर, इञ्जिनियर आदि बनेका छन् भन्ने सोच्छन् तर यथार्थमा त्यतिबेलाका सहिदहरु र राजनीतिक कार्यकर्ताहरुले समर्पण नगरेका भए हामीमध्ये धेरै पढाईमा पछि पर्ने थियौं । त्यतिबेला भारत गएर शिक्षा आर्जन गर्नु सजिलो थिएन । राजा वा राणाहरुका वरपरका व्यक्तिहरु, सरकारी कर्मचारी वा माथिल्लो परिवारका र सम्पन्न परिवारका छोरा–छोरीहरु मात्र भारत गएर पढ्थे । तिनीहरुले पढिसकेपछि राणाहरुको निरंकुशताको विरोधमा लड्ने निधो गरे । उनीहरुलाई थाहा थियो, राणाविरोधी गतिविधिमा लाग्नु ठूलो सजायको भागी हुन्छ, पक्राउ परेपछि ज्यान सजाय पनि हुनसक्छ । राजनीतिमा लाग्दा परिवार विचल्लीमा पर्छ भन्ने उनीहरुलाई थाहा थियो । तथापि उनीहरुले निरंकुशताविरुद्धको आन्दोलनमा आफूलाई समर्पित गरे । निःस्वार्थ रुपमा राजनीति गर्ने तथा देशलाई राणा शासनबाट मुक्त गरिछाड्ने उनीहरुको अठोट भित्री हृदयदेखिको चाहना थियो । उनीहरुको भावनाप्रति हामीले उच्च सम्मान प्रकट स्वाभाविक हो ।
राणाकालमै काठमाडौंकै माथिल्लो परिवारका केही युवाहरुलाई प्रेमबहादुर कंसाकारले ट्युसन पढाउने क्रममा सोभियत क्रान्तिको विषयमा स–साना पुस्तकहरु दिनुभएको थियो । ती युवाहरु नेपालमा पनि रुसमा जस्तै समाजवादी क्रान्ति गर्नुपर्ने र त्यसका लागि युवाहरुले बन्दुक समाउनुपर्नेजस्ता जोशिला कुराहरु गर्थे । त्यही प्रभावमा ती युवाहरु घर छोडेर सिन्धुलीसम्म पुगेका थिए । त्यतिबेला खुट्टामा जुत्ता लगाए पूँजीवादी भइन्छ भन्ने डरले तिनीहरु खाली खुट्टा हिंड्थे । हातमा बन्दुक लिएर सिन्धुलीका गाउँमा बडा हाकिममार्फत् तिनीहरु पक्राउ परे । बडा हाकिमले माथिल्ला परिवारका युवाहरुलाई राम्रै सत्कार गरे । तर युवाहरुमा बडा हाकिमले आफूहरुलाई पूँजीवादी बनाउने भए भनी त्यहींबाट तिनीहरु भागे । भावुकतावश पनि सबै कुरा थाहा नपाई राजनीतिमा लाग्छु भन्नेहरु पनि नभएका होइनन् ।
अर्को उदाहरण पनि सुनाउँछु । Conspiracy Against Tsar भन्ने पुस्तकमा जारकै नातागोताका युवा–युवतीको एक जोडीको प्रसङ्ग उल्लेख छ । ती दुवैजना एकआपसमा असाध्यै माया गर्थे र युवक क्रान्तिकारी जार शासनविरोधी थिए । तत्कालीन जार सरकारविरुद्धको संघर्षको क्रममा युवा साथी पक्राउ पर्छ र उसलाई केही वर्ष साइबेरियामा कालापानीको सजाय सुनाइन्छ । तब केटी साथीले अत्यन्त दुःख पाएर पनि साइबेरियामै जान्छिन् । त्यतिबेलाका रुसी क्रान्तिकारीहरुमा फ्रान्सेली क्रान्तिको प्रभाव ज्यादा थियो । पुस्तकका लेखकले भूमिकामा लेख्छ – फ्रान्सेली क्रान्ति तल्लो वर्ग माथि उठ्न खोज्नु आश्चर्यको विषय भएन तर एकजना सम्भ्रान्तको छोरो क्रान्तिको पक्षमा लाग्नु कस्तो भावना होला । आर्थिक रुपमा विपन्न व्यक्तिले मेहनत गरेर माथि पुग्ने र देशको उच्च ओहदामा पुग्ने सपना देख्नु स्वाभाविक हो तर माथिल्लो वर्गको व्यक्ति क्रान्तिका लागि निकै तल्लो तहमा गएर दुःख गर्ने चाहना व्यक्त गर्नु भावना र समर्पणको सूचकबाहेक केही होइन । त्यसैले क्रान्तिप्रति समर्पित हुनु ठूलो त्यागको विषय हो ।
राजनैतिक कार्यकर्ताहरुको दृष्टिकोण संकीर्ण हुनुहुन्न । फराकिलो दृष्टिकोणको विकास गर्न पाठ्यपुस्तकसँगै देशको आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा गहन अध्ययनको खाँचो छ । राजनीतिमा लागेर जागिर पाउने, छोराछोरीलाई छात्रवृत्तिमा पढाउने वा धन कमाउने जस्ता सोच आफूलाई प्राथमिकता दिने दृष्टिकोणको उपज हो । राजनीति भनेको त्याग हो, समर्पण हो, समाज परिवर्तनको निम्ति आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनु हो । नयाँ पुस्तालाई हामी शिक्षकहरुले यस्ता कुराबाट शिक्षित गर्नु आवश्यक छ । उपनिवेशमा पिल्सिएका देशका नागरिकहरु आफ्नो देशको स्वाधिनता र स्वतन्त्रताको निम्ति सहिद बन्न तयार भइरहेका छन् । हामी नेपालीहरु कुनै देशको प्रत्यक्ष उपनिवेशमा बसेका छैनौं, त्यसकारण औपनिवेशिक देशका जनताको पीडा बुझ्न सकिरहेका छैनौं । तर हामी पनि बेलायती साम्राज्यवादबाट हारेका हौं । सुगौली सन्धि नेपालीहरुकै हारको परिणाम हो । त्यसैले त बेलायती साम्राज्यवादले नेपाली गोर्खालीहरुलाई युद्धमा लड्न पठाइरहेका छन् । अंग्रेजले तिब्बतमा आक्रमण गर्दा नेपालीहरुलाई गुप्तचर, भरिया र अन्य युद्धमोर्चामा सबैभन्दा अग्रभागमा लड्ने भूमिका दिएको थियो । युद्ध जितेमा बेलायत समृद्ध हुने, अनि मर्दा नेपाली मर्ने ¤ अहिले पनि नेपाली युवाहरु इराक, अफ्गानिस्तान र लिवियामा मरिरहेको समाचार आउँछ । हालसालै लेवनानका दुईजना युवतीहरु इजरायललाई सूचना दिएको भनी पक्राउ परेका छन् । बंगलादेशको लडाइँमा पनि नेपाली युवाहरु ‘मुक्ति बाहिनी’ को लुगामा भारतीय सेनालाई सहयोग गर्थे र बर्माको नक्कली पासपोर्टमा ढाका विश्विद्यालयमा पढ्दै दिल्लीमा सैनिक गुप्त समाचारहरु पु¥याउँथे । आक्रान्त देशहरुमा देशभक्तहरुको कोपभाजन हुने भयो । आफ्नो देशको विरुद्ध गुप्तचरी गर्नेलाई कसले छोड्छ र ? यहाँ हामी भने विदेशी भूमिमा नेपाली मारिए भन्दै त्यसको विरोधमा जुलुस गर्न थाल्छौं । यथार्थ कुरा बुझ्नु र हरेक कुरालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नु जरुरी छ । हामी शिक्षकहरुले आफ्नो विषयसँगै विश्वको इतिहास, भूगोल र वर्ग विश्लेषणबारे जानकारी गराउनु र समाज परिवर्तनको निम्ति नयाँ पुस्तालाई राजनीतिमा लाग्न उत्साहित गर्नु आवश्यक छ । याद गरौं, राजनीतिबाट टाढा रहनु भनेको आफ्नै व्यक्तित्वबाट समेत टाढा रहनु हो ।
राजनैतिक कार्यकर्ताहरुको दृष्टिकोण संकीर्ण हुनुहुन्न । फराकिलो दृष्टिकोणको विकास गर्न पाठ्यपुस्तकसँगै देशको आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा गहन अध्ययनको खाँचो छ । राजनीतिमा लागेर जागिर पाउने, छोराछोरीलाई छात्रवृत्तिमा पढाउने वा धन कमाउने जस्ता सोच आफूलाई प्राथमिकता दिने दृष्टिकोणको उपज हो । राजनीति भनेको त्याग हो, समर्पण हो, समाज परिवर्तनको निम्ति आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिनु हो ।
त्यस्तै हामीले नयाँ पुस्तालाई मानवअधिकारको विषयमा पनि प्रस्ट बताउन उपयुक्त छ । विषयवस्तुबारे पश्चिमेली देशहरुको परिभाषा हाम्रो परिवेशमा मिल्दैन । पूँजीवादी देशहरुमा व्यापारलाई स्वतन्त्र छाड्नुपर्ने, सरकारले उत्पादनमा कर लगाउन नहुने र पूँजीपतिहरुको सम्पत्तिको सुरक्षा गर्नुपर्ने र सामन्तवादविरोधी संघर्षको बेलाको अधिकारहरु आजको मानवअधिकारको परिभाषाभित्र पुग्दैन । तर यथार्थमा आर्थिक समानताविनाको मानवअधिकारको अर्थ अपुरो छ । गरिब जनताले खान र लगाउन नपाएसम्म जतिसुकै मानवअधिकारको कुरा गरे पनि त्यसले पूर्णता पाउँदैन । राजनैतिक र मौलिक अधिकार जसरी सम्पन्न व्यक्तिहरुले बढी उपयोग गर्छन् र गरिबले कम । यसप्रकार नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे व्यापक एवम् आलोचनात्मक दृष्टिकोणको विकास गराउन शिक्षक साथीहरुको महत्वपूर्ण भूमिका हुन्छ ।
(सहिद दिवसको अवसरमा भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप उमावि, शारदा क्याम्पस, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप पोलिटेक्निक इन्ष्टिच्युटको संयुक्त आयोजनामा २०७३ माघ १६ गते आयोजित प्रवचन कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले व्यक्त गर्नुभएको मन्तव्यको सार संक्षेप–सम्पादक)
Leave a Reply