मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौं, २० भदौ । बिम्स्टेक सदस्यमाझ विद्युत् ग्रीड स्थापना गर्ने सहमति नेपालको हितमा छैन । नेपालको बजेटले बनाउने सडक नै प्रयोग गरी भारतले जलविद्युत् उत्पादन गर्ने काम कसरी नेपालको हितमा हुन्छ ?
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बुधबार प्रतिनिधिसभाको विशेष समयमा उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले भन्नुभयो, ‘‘पहिले लडाईँ जितेर उपनिवेश बनाइन्थ्यो, अहिले सरकारमा गएका पार्टी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत उपनिवेश बनाईंदै छ ।
केही वर्ष पहिले भएको नेपाल–भारत २५ बुँदे संयुक्त वक्तव्यमा नेपालको सुरक्षा र विदेश नीति भारतको निर्देशनमा चल्ने गरेको प्रस· उठाउँदै उहाँले भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा सम्पन्न बिम्स्टेक देशहरूको संयुक्त युद्ध अभ्यासमा नेपाल त्यही बुँदाअनुसार तानिएको हो त भनी प्रश्न गर्नुभयो ।
सांसद सुवालले प्रजग कोरियाविरूद्ध संरा अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्ध अभ्यास ६० वर्षदेखि चालू रहे पनि तथा सफल नभएको उल्लेख गर्दै बिम्स्टेक देशहरूको संयुक्त सैन्य अभ्यास नेपाल र अर्को कुनै एक देशबीचको संयुक्त सैनिक कक्षा र तालिम नभएको बरू भारतको सैन्य छातामा बिम्स्टेकका बाँकी देशहरू रहने नै भएको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री बिम्स्टेक सम्मेलनको लागि नेपालमा रहेको बेला कोसी बाढी र डुबान पीडित जनताको समस्या समाधानबारे वार्ता नभएको उल्लेख गर्दै उहाँले अब नेपाल सरकारका प्रतिनिधि भारत पुगेर यो समस्या राख्ने साहस नगर्ने बताउनुभयो ।
मोदी सरकारले भारतका मानव अधिकारकर्मीलाई भारतीय माओवादीसँग मिलेको आरोप लगाई पक्राउ गर्नु मोदीको असहिष्णुता भएको उल्लेख गर्दै सांसद सुवालले नेपालमा पनि तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टीविरूद्ध २०४५ भदौ ९ गते भक्तपुर काण्ड रचेर झूटा मुद्दा दायर गरेको बताउनुभयो ।
एमालेका सांसद भीम रावलले भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सम्मेलन उद्घाटन कार्यक्रममा संयुक्त सैन्य अभ्यासबारे बोलेको, भारतीय सेनाध्यक्षको अध्यक्षतामा बिम्स्टेक सेनाध्यक्षहरूको बैठक भएको उल्लेख गर्दै नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त सैन्य अभ्यासलाई अस्वीकार गरेकोमा आशड्ढा जनाउनुभयो ।
नेकाका अमरेशकुमार सिंह, भरतकुमार शाह, अतहर कमाल मुसलमान, राजपाका लक्ष्मणलाल कर्णले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भदौ ७ गते कालो झण्डा देखाउने बर्दियाका राममनोहर यादवलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको हुँदा भदौ १६ गते मृत्यु भएको उल्लेख गर्दै सरकारकै अ·बाट हत्या भएको बताउनुभयो ।
सत्तापक्षका सांसदहरूले प्रतिपक्षीका सांसदहरूले आमसञ्चारमा भएको झूटा समाचारलाई सरकार र प्रधानमन्त्रीसँग जोडेर संसदमा बोलेको संसदको गरिमामा आँच पुग्ने खालको र चुनावी भाषण भएको आरोप लगाए ।
संसदमा प्रतिपक्षीका सांसदहरूले उखु किसानले भुक्तानी नपाएको, निर्मला पन्तका हत्यारा पत्ता नलागेको, चिकित्सक आन्दोलन भइरहेको, बहुवर्षीय ठेक्का कार्यान्वयन नभएको, विनियोजित बजेट भ्रष्टाचार भएको, किसानलाई मलको आपूर्ति नभएको, कानुनीरूपमा विदेश यात्रा गर्नेलाई विमानस्थलबाट फिर्ता गरेको विषयतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
Leave a Reply