मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
सिओल, १२ फेब्रुअरी । प्रजग कोरियाले आइतबार सखारै बिहान पूर्वी समुद्री क्षेत्रमा एउटा बालास्टिक मिसाइल परीक्षण गरेको हुन सक्ने दक्षिण कोरियाका प्रधानसेनापत्तिको कार्यालयले बताएको छ।
मध्यम क्षमताको मुसुदान बालास्टिक मिसाइल स्थानीय समयानुसार बिहान ७ः५५ बजे प्रजग कोरियाको उत्तरपश्चिम उत्तरी प्योङ्गान प्रान्तको बाङ्ह्युओन नजिकै परीक्षण गरिएको बताइएको छ ।
उक्त मिसाइलले झण्डै ५ सय किमि लामो दुरी तय गरेको दक्षिण कोरियाली सेनाले भने । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सो मिसाइल प्रजग कोरियाको पूर्वी तटमा खसेको थियो ।
गएको साल अक्टोबरमा एउटा हवाईमैदान भएको स्थानमै प्योङ्याङले मुसुदान मिसाइल परीक्षण गरेको हो ।
गएको जनवरी २० देखि संरा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता प्रजग कोरियाले पहिलो मिसाइल परीक्षण गरेको हो । सन् २०१७ मा यो प्रजग कोरियाको पहिलो मिसाइल परीक्षण हो ।
प्रजग कोरियाले आफ्नो आणविक र मिसाइल क्षमताबारे संसारको ध्यानाकर्षण गर्न प्रजग कोरियाले यो मिसाइल परीक्षण गरेको हुन सक्ने दक्षिण कोरियाली सेनाले भनेको छ ।

संरा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजग कोरियाबारे गरेका नकारात्मक टिप्पणीको प्रतिरोध स्वरुप पनि यो परीक्षण गरेको हुनुपर्ने विश्लेषण गरिएको छ ।
योन्हाप समाचार संस्थाले सैनिक स्रोतलाई उद्र्धत गर्दै आइतबार गरिएको परीक्षण कुनै अन्तरमहादेशीय बालास्टिक मिसाइल नभएको बताएको छ ।
गएको साता सेप्टेम्बरमा प्रजग कोरियाले अन्तरमहादेशीय बालास्टिक मिसाइल परीक्षण गरेको थियो ।
सन् २०१६ को अप्रिल १५ देखि अक्टोबर २० को अवधिमा प्योङयाङमा आठ पटक मुसुदान मिसाइल परीक्षण गरेको थियो । ती मध्ये जुन २२ मा परीक्षण गरेको मिसाइल बाहेक असफल भएका थिए । ती सबै झण्डै ५ सय किमि क्षमता थिए ।
ती मिसाइलहरु दक्षिण कोरिया, जापान, संरा अमेरिकाका सैनिक आधारलाई हमला गर्न क्षमतावान भएको दाबी गरिएको छ । –सिन्ह्वा
Leave a Reply