भर्खरै :

गजल

– सुस्मिता न्यौपाने, बनेपा
गरिब, दुःखी जनतालाई औषधि नै नदिई मा¥यौ सरकार
हानि गर्ने चुरोट कारखाना खोल्न पो अघि स¥यौ सरकार !
दुःख–पीडामा छट्पटाइरहेको देख्दा देख्दै
कालो धनराशि जोडजाम गर्न थाल्यौ सरकार !
ठूला ठूला नदी तर्न तुइनमा जन झुण्डिदा पनि
¥याल काढी पानीमूनिको पीचको टेण्डरमात्र हाल्यौ सरकार !
भोट माग्दा झोलुङ्गे पुल हालिदिने वाचा थियो
आशाको भूमरीमा यसरी किन गाल्यौ सरकार !?
धनी र गरिबबीच भेद दर्शाउन थाले
गहना र सारीको भारी लर्काउन थाले ।
आफ्नैपनको मौलिक नाचगान छाडेर
पश्चिमेली शैलीमा खुट्टा उचाल्न थाले ।
परम्परागत गीत संगीत पाखा लगाएर
अश्लील शब्द ओकलेर थर्काउन थाले ।
आफ्नो संस्कृति संस्कारमा दर खान बिर्सेर
तीजमा पनि बियर ह्विस्की सुक्र्याउन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *