नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हौसला
यतिबेला संरा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘हिन्द–प्रशान्त’ रणनीति (Indo Pacific Strategy) चर्चामा छ । ट्रम्पले जुलाई ३० का दिन ११ करोड ३० लाख ($ 113 million) अमेरिकी डलर हिन्द प्रशान्त क्षेत्रको प्रविधि र भौतिक पूर्वाधार निर्माण वा विकासमा लगानी गर्ने उद्घोष गरेसँगै सो चर्चा चुलिएको हो । संरा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ (Mike Pompeo) ले गत अगस्त ५ मा दक्षिणपूर्वी एसियाको लागि झण्डै ३० करोड अमेरिकी डलरको ‘नयाँ सुरक्षा कोष’ खडा गर्ने प्रतिज्ञा गरेलगत्तै थुप्रै प्राज्ञ र विज्ञहरूले अनेकौं प्रश्न उठाए ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘हिन्द–प्रशान्त’ रणनीतिलाई ठोसरुपमा लागू गर्न यी घोषणाहरूले काम गर्ला ? यसको प्रभाव त्यहाँको क्षेत्रीय व्यवस्थामा कस्तो पर्ला ? यो रणनीति पछाडिको निहित स्वार्थ के होला ? के यसले साँच्चै दक्षिणपूर्वी विकासोन्मुख देशहरूलाई विकासको बाटोमा डो¥याउला ? यी केही प्रतिनिधि प्रश्नहरू हुन् । यही विषयमा तीन चिनियाँ प्राज्ञ र बुद्धिजीवीहरूले आ–आफ्नो विचार प्रस्तुत गरेका छन् ।
रेनमिन विश्वविद्यालय, स्कूल अफ इन्टरन्यासनल स्टडिज (अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था) का प्राध्यापक तथा सहायक डिन चिन क्यानरोङ (Jin Canrong) भन्छन्– ‘संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीति त्यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई नियन्त्रण गर्ने दिशामा लक्षित छ ।’ बाराक ओवामाले आफ्नो कार्यकालमा बनाएको ‘एसिया–प्रशान्त पुनः सन्तुलनको नीति’ पछ्याउँदै ट्रम्प प्रशासनले यो रणनीतिअघि सारेको प्रस्ट छ । यसको उद्देश्य भन्नुनै दक्षिण एसियाली राष्ट्रहरू मुख्यतः भारत, इन्डोनेशिया र भियतनामलाई आपूmतिर तान्नु हो ।
एसिया प्रशान्त पुनः सन्तुलनको नीतिले पनि सुरुमा विकासोन्मुख देशहरूको आर्थिक विकासलाई प्राथमिकतामा राखिने कुरा हल्ला गरे पनि पछि यो नीति विकासोन्मुख देशहरूमाथि निगरानी राख्न र आफ्नो देशको सुरक्षा गर्नमा केन्द्रित रह्यो । त्यसरी नै अहिले पनि ट्रम्पको हिन्द–प्रशान्त रणनीतिलाई पोम्पिओ र केही संरा अमेरिकी प्रशासकलगायतले उक्त क्षेत्रमा लगानी गरी आर्थिक विकासलाई विशेष ध्यान दिने बताइएको छ तर निहित स्वार्थ भने सो क्षेत्रमा बढ्दै गएको चीनको प्रभाव निरीक्षण र नियन्त्रण गर्नु नै हो । चीनको प्रस्तावित बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को विकल्पमा संरा अमेरिकाले सो रणनीति अघि सारेको घटनाक्रमले पुष्टि गर्दैछ ।
संरा अमेरिकाले यस्तो अस्वस्थ प्रकृतिको प्रतिस्पर्धा छेड्नुले त्यो क्षेत्रको व्यवस्था र विकासमा बाधा र रोग निम्तिन सक्नेमा क्यानरोङ (Canrong) सचेत पार्छन् । यद्यपि भारतलगायत केही देशहरू हिन्द–प्रशान्त रणनीतिप्रति पूर्णतः सकारात्मक हुन सङ्कोच मान्दैनन् ।
सो क्षेत्रको क्षेत्रीय प्रविधि तथा संरचना विकासका निम्ति पोम्पिओ (Pompeo) ले प्रतिबद्धता जनाएको ११ करोड ३० लाख अमेरिकी डलर उद्देश्य पूरा गर्नका निम्ति निकै सानो रकम भएको हुँदा क्यानरोङ (ऋबलचयलन) बताउँछन्– ‘कुरा ठूला र चिप्ला गर्ने तर काम भने सिन्को नभाँच्ने अमेरिकी प्रवृत्तिको प्रतिछाया हो, यो हिन्द प्रशान्त रणनीति ।’
बेल्ट एण्ड रोड इनिसियटिभ (BRI) ले पछिल्लो समय केही बाधा अड्चन बेहोरेको सत्य हो । मलेसियामा चार वटा योजना स्थगित गर्नुपरेको र म्यानमारमा चीनको लगानीमा निर्माणाधीन बन्दरगाहबाट पछि हट्न परेको विषय कल्पनाभन्दा बाहिरको पक्कै थिएन । सहकार्य गर्दा असमझदारी, फरकमत, छलफल हुनु स्वाभाविक हो । यस्ता सानातिना अड्चनले चीनको अगुवाइ रोकिन्न, यी दुई देशको विकासका लागि आवश्यक लगानी उपलब्ध गराउन चीन कहिल्यै पछि हट्दैन भन्ने विषयमा जोड दिन्छन् प्रोफेसर चिन ।
केही पश्चिमा अधिकारीहरू, विज्ञहरू र सञ्चार माध्यमले बीआरआईविरुद्ध आगो नओकलेका होइनन् । थुप्रै अपमानजनक र निराधार आरोपहरूलाई चीनले शिष्ट ढङ्गले तथ्यपरक जवाफ दियो । बीआरआईमार्फत चीनले त्यो क्षेत्र र मार्गले समेट्ने देशहरूलाई ऋणको दलदलमा ढकेल्छ, ऋण सङ्कटबाट उठ्नै नसक्ने बनाउँछ भनी अफवाह पनि नफैलाएको होइन । तर वास्तविकता के हो भने, क्षेत्र तथा मार्ग अगुवाइमा करीब ९० प्रतिशत चिनियाँ लगानी अन्तर्राष्ट्रिय मान्यताप्राप्त ऋण हो । निकै थोरैमात्र कम व्याजदरमा सरकारी र सहायता ऋण हो । तसर्थ चीनमाथि लगाइएका ती आरोपहरू मनगढन्ते हुन् । यी आरोपहरू ती नै गैरजिम्मेवार ठहरिएको पश्चिमा अर्थतन्त्रको हो जसले विकासोन्मुख राष्ट्रहरूलाई ऋण पनि दिन चाहँदैन र माथि उठेको पनि हेर्न सक्दैन भन्ने ठम्याइ प्रोफेसर चिनको हो ।
नानचिङ विश्वविद्यालय, इन्स्टिच्यूट अफ इन्टरनेशनल रिलेसन्सका डीन सु फेङ दाबीका साथ भन्छन्– ‘चीनको राष्ट्रिय शक्ति या क्षमता पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भएको छ । हिन्द–प्रशान्त क्षेत्रमा पनि चीनको उपस्थिति राम्रो देखिन्छ । चीनको यो उदयलाई नियन्त्रण गर्न, दबाउन संरा अमेरिकाले आफ्नो पक्षका देशहरू तयार गर्नतिर लाग्नु स्वाभाविक मान्न सकिन्छ ।’
तसर्थ चीनको बढ्दो प्रभावको प्रतिक्रियामा उठेको रणनीति नै हो ‘हिन्द–प्रशान्त रणनीति’ । संरा अमेरिकाले सदैव चीनलाई एक प्रतिद्वन्द्वीको रुपमा लिएको र स्वार्थका लागि जे पनि गर्ने मानसिकता बोकेको अनुभव गरिइँदैछ । त्यसकारण संरा अमेरिकाले यस क्षेत्रलाई विभाजन गरी, त्यहाँका क्षेत्रीय शान्ति र स्थायित्व समेत भत्काउन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
त्यसकारण आफ्नो योजनामा संरा अमेरिका सफल हुन्छ वा हुन्न भन्ने कुरा चीनको प्रतिक्रियामा निर्भर हुन्छ । चीन निकट भविष्यमै संरा अमेरिकालाई उछिनेर आर्थिकरुपमा संसारको पहिलो देश अर्थात् सुपरपावर बन्ला भन्ने डर हावी छ । चीनले भने त्यस्तो कुनै महत्वकांक्षा राखेको देखिन्न । दक्षिण–पूर्वी एसियाली देशहरू दुई ठूला शक्तिहरूको दुश्मनीले गर्दा उत्पन्न हुनसक्ने तनावबारे पूर्वानुमान गर्दैछन् र त्यही कारण संरा अमेरिकाकोे हिन्द–प्रशान्त रणनीति असफल हुने सम्भावना ठूलो देखिन्छ ।
“संरा अमेरिकाले प्रशान्त क्षेत्रको नियन्त्रणलाई ‘हिन्द प्रशान्त नियन्त्रण’ पुनः नामाकरण गरी हिन्द प्रशान्तमा अमेरिकी प्रभूत्व कायम गर्ने र चीनको बढ्दो प्रभावलाई मत्थर पार्नु नै संरा अमेरिकाको ध्येय हो”– प्रस्ट भाषामा भन्छन् चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसन्सका उपाध्यक्ष फू मेन्ची (Fu Menji) ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले भू–राजनीति, सैन्य तथा सुरक्षा चासो र महत्वकाङ्क्षाहरू प्रस्ट झल्काउँछ । एक्काइसौं शताब्दीको रेसम मार्गले संसारमा ल्याएको एक खालको तर·बाट तर्सेरै संरा अमेरिका अत्तालिँदाको परिणाम हो यो रणनीति । भौतिक पूर्वाधार आर्थिक विकासका क्षेत्रहरू निर्धारणमा समेत अस्पष्ट एवम् आधारहीन हुनुले यो रणनीतिले ट्रम्पलाई अझ पत्रु साबित गर्नेमा कुनै शङ्का छैन । दक्षिणपूर्वी एसियाका तीन ठूला देशहरू जापान, अष्टे«लिया र भारतका आ–आफ्नै उद्देश्य र चासोहरू छन् । आफ्नो क्षेत्रको सुरक्षाको विषयमा पनि सतर्क र सजग छन् । त्यसकारण यी देशहरूसँगको राम्रो सम्बन्ध विना छोटो समयमै संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिले यस क्षेत्रको मुहार फेर्छ, सन्तुलन ल्याउँछ भन्ने निश्कर्षमा पुग्नु हतार गरेको ठहर्नेछ ।
संरा अमेरिकाको हिन्द–प्रशान्त रणनीति चीनको एक क्षेत्र एक मार्ग अगुवाइको विकल्प हुनै सक्दैन । चीनसँग चिनियाँ सपनामार्फत सम्पूर्ण देशहरूलाई सहयोग र सहकार्य गर्ने ठूलो योजना छ । अझ विकासोन्मुख राष्ट्रहरूमा लगानीका साथसाथै प्रविधि विशेषज्ञहरू पठाउने योजना चीनसँग छ भने संरा अमेरिकासँग चीनको उदयलाई, विकासलाई रोक्ने मनसायबाहेक केही नरहेको र विकासोन्मुख राष्ट्रहरूलाई त उठाउँदै नउठाउने नीतिअनुरुप ‘हिन्द–प्रशान्त रणनीति’ अघि सार्नु षड्यन्त्रकै अर्को रुपमात्र हो भन्दा अतिशयुक्ति नहोला ।
स्रोतः चाइना डेली, अगष्ट ८, २०१८
‘China Daily’,8th August, 2018
Leave a Reply