तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चितवन, २३ भदौ । “नेपाल मजदुर किसान पार्टीको समूल नष्ट गर्ने उद्देश्यले पञ्चायतद्वारा रचिएको भक्तपुर काण्डले अन्ततः पञ्चायतकै अन्त्य भयो ।’’
उक्त विचार नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले भक्तपुर काण्ड (कालो दिन) को स्मरणमा नेक्राविसङ्घ चितवनद्वारा आयोजित विद्यार्थी भेलामा राख्नुभएको हो ।
‘‘नेकपाले अहिले कम्युनिष्ट शब्दको नाममा जनता ठग्दैछ, त्यसकारण नाम होइन काम हेर्नुपर्छ, पुँजीवादी सरकारमा गएर आमूल परिवर्तन नहुने भएकोले हामीले वैज्ञानिक समाजवादको लागि सङ्घर्ष गर्नुपर्छ’’, उहाँले भन्नुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले कम्युनिष्टहरूलाई समाप्त गर्न जर्मनीमा फासीवादी हिटलर सरकारले कम्युनिष्टहरूमाथि षड्यन्त्रमूलक रूपमा राइखस्टाग आगलागी मुद्दामा फसाएजस्तै तत्कालीन पञ्चायतले भक्तपुर काण्डमा नेमकिपालाई समूल नष्ट गर्न खोजेको बताउनुभयो ।
नेक्रामजदुरसङ्घ केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले वर्ग रहेसम्म वर्गसङ्घर्ष कायम रहने भएकोले सदा कामदार वर्गको पक्षमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक सिमितिका अध्यक्ष प्रकाश गुरूङको सभापतित्वमा भएको सो भेलामा नेक्राकिसङ्घ चितवनका अध्यक्ष विष्णु शर्मा, नेक्रामहिलासङ्घ चितवन अध्यक्ष सुमित्रा महतो, र विद्यार्थीद्वय अर्जुन चेपाङ, नरेश गोलेले पनि बोल्नुभएको थियो ।
Leave a Reply