नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हौसला
चीनविरुद्ध संरा अमेरिकाले छेडेको व्यापारयुद्ध निरन्तर चुलिंदैछ । सुरुमा चिनियाँ वस्तुहरूमा संरा अमेरिकाले लगाएको करको दर १० प्रतिशत थियोे । हालै करिब २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ निर्यातमा २५ प्रतिशतको दरले करवृद्धि गरी संरा अमेरिकाले आफ्नो सक्कली रुप संसारसामू देखायो ।
गएको महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हाकाहाकी बोले– ‘म ५०० सम्म जानसक्छु’ । करिब सम्पूर्ण चिनियाँ वस्तुहरूमा निर्ममतापूर्वक कर लाद्ने सङ्केत हो यो । गत वर्ष, संरा अमेरिकासँग चिनियाँ वस्तुको कूल व्यापार ५ खर्ब ५ अर्ब अमेरिकी डलर थियो ।
ट्रम्पको व्यापार रणनीति पछ्याउँदै गरेको अमेरिकी व्यापार नीतिका कारण वासिङ्टनले अबका दिनमा कति समस्या र पीडा भोग्नुपर्ने हो भन्ने सोच्न थाल्नु बुद्धिमानी हुने कुरा सिड्नीको प्रविधि विश्वविद्यालय र अष्ट्रेलिया–चीन सम्बन्ध विभागका उपप्रबन्धक जेम्स लरेन्सन्स (Jemes Laurenceson) ले बताएका छन् ।
के यो व्यापारयुद्धले चीनको आर्थिक विकास रोक्ने सामथ्र्य राख्छ ? यो प्रश्न भने टड्कारो रुपमा उठिरहेको छ ।
एक किसिमको आँधीबेहरीबीच पनि चीन सुरक्षित स्थानमा रहेको तथ्याङ्कहरूले देखाउँछन् । विश्व व्यापार संगठनका अनुसार चीनबाट अमेरिकामा हुने कुल निर्यातको ६५ प्रतिशत मूल्यमात्र चीनको अर्थतन्त्रसँग जोडिन्छ । यसको अर्थ अर्थतन्त्रमा हुन सक्ने जोखिमको मूल्य ५ अर्ब अमेरिकी डलर नभएर ३ अर्ब २५ करोड अमेरिकी डलर मात्र हुन्छ । यद्यपि यो उपेक्षा गर्न मिल्ने रकम भने होइन । चीनको वर्तमान राजस्व अर्थतन्त्र करिब १२० खर्ब अमेरिकी डलर छ । यो व्यापारयुद्धले हदै भए चीनको कुल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशतले मात्र घाटा गर्नसक्ने तथ्याङ्क देखाएको छ ।
चीनले अधिकांश कच्चा पद्धार्थ जापान, अष्ट्रेलियालगायतका देशहरूबाट आयात गर्छ । संरा अमेरिकाले त्यसकारण चिनियाँ निर्यातहरूमा मात्र कर लगाएन बरु जापान, अष्ट्रेलिया लगायतका देशहरूका वस्तुहरूमा समेत कर लगाएको बुझ्नुपर्छ ।
यही कारणबाट ती देशहरू पनि अमेरिकी नीतिप्रति प्रश्न उठाउँदैछन् । यो तथ्यले के संकेत गर्छ भने अमेरिकाले उछालेको ‘अमेरिका पहिलो’ भन्ने युद्ध ‘अमेरिका एक्लो’ मा पुुगेर टुङ्गिने छ । यस्तो संरक्षणवादतर्फको यात्रामा संरा अमेरिकाका सुरक्षा सहयोगी राष्ट्रहरू समेत विमुख रहनुले संरा अमेरिका एक्लिने सङ्केतलाई अझ बलियो बनाएको छ ।
२५ प्रतिशत करले पनि संरा अमेरिकामा चिनियाँ सामानको माग पूर्णतः समाप्त गर्नसक्ने छैन । केही अमेरिकी आयातकर्ताहरूले करका कारण चिनियाँ सामग्रीमा बढेको मूल्यबाट आफ्नो उपभोगमा केही असर महसुस गरेका छैनन् । जब चिनियाँ सामग्रीको मूल्य अमेरिकी डलरमा वृद्धि हुन्छ तब दुईपक्षीय विनिमय मूल्य समायोजनमा जानेछ जसले अमेरिकी डलरको हकमा चिनियाँ सामग्रीको मूल्यलाई कम गर्न सहयोग गर्नेछ । यसरी समग्रमा हेर्दा, छोटो र मध्यकालीन समयका लागि चीनमाथिको अमेरिकी करको दबाबले नकारात्मक असर पु¥याएको देखिएपनि यो व्यवस्थापन गर्न सकिने खालको छ भनी प्रष्ट्याउँछन् लरेन्सन्स ।
दीर्घकालीन समयावधि हेर्ने हो भने अर्थशास्त्रका पुस्तकहरूले पनि स्पष्ट पार्छन् कि चीनले एउटा समयमा उच्च आय आर्जन गर्ने देशको स्थान हासिल गर्नेछ । त्यतिबेला संरा अमेरिकाको यो व्यापारनीति गलत साबित हुनेछ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री पाउल क्रगमन (Paul Krugman) ले सन् १९९४ मा लेख्नुभएको थियो– ‘उत्पादकत्व सबथोक होइन तर दीर्घकालका लागि यो नै करिब सबथोक हो ।’ चीनले प्राथमिकताका साथ उत्पादन र उत्पादकत्व वृद्धिलाई जोड दिइरहेको छ ।
हाल चीनमा प्रतिव्यक्ति श्रमिकको उत्पादन मूल्य अमेरिकाको तुलनामा २६ प्रतिशतमात्र छ । यस तथ्यले चीनको प्रगतिको प्रशस्त सम्भावना भने प्रस्तुत गर्दछ । यद्यपि संरा अमेरिकाको हाराहारीसम्म पुग्ने र उछिन्ने होडमा विगतमा थुप्रै देशहरू मध्यम आयको जालोमा परेकोबारे चीन अवगत नै छ ।
त्यसो त आजभन्दा ५ वर्षअघि चीन नयाँ ढङ्गबाट अघि बढ्न सक्ला कि नसक्ला भन्ने सन्देह राख्नेहरू जति थिए, आज त्यसको निकै थोरै प्रतिशतले मात्र त्यस्तो सन्देह गर्छन् । त्यसकारण चीन सकारात्मक र आशावादी भई अघि बढ्दैछ ।
सन् २०१२ मा उच्च आम्दानी भएको देश वर्गीकृत गर्न विश्व बैंकले निर्धारण गरेको प्रतिव्यक्ति आम्दानीको सीमा पार गर्न सफल सहरहरूमा बेइजिङ, साङ्घाई र थियानचिनमात्र थिए । सन् २०१७ मा चियाङ्सु र चेचियाङ प्रान्तहरू थपिए । त्यसको अर्को वर्ष फुचियान र क्याङतोङ प्रान्तहरू पनि उक्लिन सफल भए । यी सहरहरू सन् २०१८ सम्ममा करिब २८ करोड ५ लाख चिनियाँ जनसङ्ख्याको उच्च आय पु¥याउन सफल रहे । साथै चीनको व्यवस्थित सहरीकरणको अभियान जारी छ ।
पश्चिमा मुलुकका पछिल्ला समाचारका मुख्य शीर्षकहरू संरा अमेरिकाले चीनमाथि लगाएको करप्रति चीनले कस्तो प्रतिकृया देखाउला भन्ने विषयमा केन्द्रित भएको देखिन्छ । तर चीनको ध्यान भने अन्तै छ । चीन यस व्यापारयुद्ध भन्दा पनि समुद्र किनारका दुई प्रान्तहरू युनान र गान्सुलाई विकसित सहरको रुपमा स्थापित गर्न, जीवनस्तर उकास्न, आन्तरिक सुधारलाई अझ चुस्त र बलियो बनाउन व्यस्त देखिन्छ । चीन आपूm आर्थिक रुपमा बलियो बन्ने दिशामा केन्द्रित छ । देशको यातायात र ऊर्जा पूर्वाधारजस्ता अति महत्वपूर्ण क्षेत्रहरूको स्तरोन्नति गर्नेतर्फ केन्द्रित हुन चीनले महत्व दिएको छ ।
सन् २००० मा चीनको औसत व्यापार करको भार १४.७ प्रतिशत थियो । सन् २००५ मा आएर यो नाटकीय ढङ्गले घटेर ४.७ प्रतिशतमा झ¥यो । त्यस पछाडि खासै प्रगति भएको पाइएन । सन् २०१६ मा यो ५.२ प्रतिशतसम्म बढेको देखिन्छ । वस्तुमा करको भार नियन्त्रण हुनु भनेको जनताले मुद्रास्फीति र मूल्यवृद्धिको चपेटा झेल्न नपर्नु हो ।
गएको महिना अन्तर्राष्ट्रिय मुद्राकोषले चिनियाँ निजी उद्योगहरूको कार्यक्षमता र दक्षता उत्कृष्ट रहेको जनायो । चीनको ग्रामीण क्षेत्रको आर्थिक विकासमा सहकार्य र बजार व्यवस्थापनको लागि विदेशी पुँजीलाई पनि विस्तारै खुला गर्दै लगिएको यथार्थ हो ।
चिनियाँ नेतृत्वसँग संरा अमेरिकी दबाबसामु नझुक्ने बलियो आत्मबल र प्रतिबद्धता भएको बुझ्न गा¥हो छैन । यही मे महिनामा WTO का लागि अमेरिकी राजदूत डेनिस शी (Dennis Shea) ले चीनलाई संसारकै सबभन्दा ठूलो संरक्षणवादी र नाफाखोर अर्थतन्त्र भनी लगाएको आरोप मिथ्या सिद्ध भयो । एउटा बलियो आधार के हो भने हाल जर्मनीको ‘चालु अतिरिक्त नाफा’ कुल गार्हस्थ उत्पादनको ८ प्रतिशत छ । यसले उच्च पुँजी सञ्चय भएको देखाउँछ । यतिबेला चीनको चालू अतिरिक्त नाफा जम्मा १.३ प्रतिशत मात्र छ । यसरी चीनको विषयमा झूटा र मनगढन्ते कुराहरू फैलाउने पश्चिमा प्रवृत्तिविरुद्ध पनि एक किसिमको सङ्घर्ष चल्दैछ ।
यी सबैबीच पनि अमेरिकी व्यापारयुद्धसँग जुझ्न देशको अर्थतन्त्रलाई दीर्घकालीन रुपमा बलियो र सबल बनाउन अहोरात्र खट्नुपर्नेमा चीनका विज्ञहरू स्पष्ट एवं प्रतिबद्ध छन् । गाउँ र सहरबीचको भेद हटाउँदै विश्वका विकासोन्मूख देशहरूलाई उठाउँदै, चिनियाँ जनताको प्रतिव्यक्ति आम्दानी वृद्धि र जीवनस्तर उकास्दै अघि बढ्नु नै चीनको अहिलेको प्राथमिकताको विषय हो । त्यसको लागि चीनले लिएको सुधार र खुलापनको बाटोलाई अझ फराकिलो र स्पष्ट पार्दै तीव्र गति लिनु नै बुद्धिमानी हुनेछ । यसरी व्यापारयुद्धले चीनलाईभन्दा ज्यादा अमेरिकालाई नै घाटा छ भन्ने बुझ्नुपर्दछ ।
(चाइना डेली, ८ अगष्ट २०१८)
China Daily, 8 August 2018
Leave a Reply