भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौं, २६ भदौ । पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल) बाट सम्बन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौंले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं अन्तर्गतको वन वल्र्ड थियटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध चेतना फैलाउने चेतनामूलक नाटक देखाएको हो ।
अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं जनसम्पर्क विभाग प्रमुख सुनिता उदासले दूषित पानीबाट लाग्ने रोगविरुद्ध जनचेतना जगाउने उद्देश्यले नाटक देखाइएको जनाए । कार्यक्रममा श्रोतव्यक्ति डा. नायनसी मितलले विद्यार्थीको माध्यमबाट यसबारे जनचेतना जगाउन कलेजमा कार्यक्रम गरेकोे जनाए । कार्यक्रम भक्तपुरस्थित ख्वप कलेजमा भएको थियो । त्यहाँ निशुल्क रुपमा शिक्षक विद्यार्थीलाई नाटक देखाइएको थियो । नाटकमा कलेजका शिक्षकशिक्षिका तथा वीए वीएसडव्लू, वीएस्सी इभारामेन्ट साइन्सका विद्यार्थी दर्शकका रुपमा सहभागी रहेका थिए ।
नाटकमा कलाकारहरू लुनिभा तुलाधर, सन्देश शाक्य, समापिका गौतमलगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए । नाटक एक घण्टाको थियो ।
देखाइएको नाटकमा तीनजनाको एउटा परिवार थियो । परिवारका एक सदस्य छोरीको एसईई दिने समय थियो । तिनी परीक्षाको तयारीमा थिइन् । परीक्षा हुनु एक दिन अगाडिको राति उनले क्युरिफाई नगरे (प्रशोधन नगरेको) को सार्वजनिक धाराको पानी सिधै पिउने गर्दछन् । त्यसबाट उनी बिरामी पर्छिन् र अस्पताल जानुपर्ने भएर उनको परीक्षा छुटछ । त्यसकारण पानी शुद्धीकरण गरेरमात्रै पिउनुपर्छ भन्ने शन्देश नाटकमा देखाइएको छ ।
नाटकमा सबै गाउँलेले त्यही सार्वजनिक धाराको पानी सिधै पिउने देखाइन्छ । त्यसकारण अबदेखि सिधै नभई शुद्धीकरण गरेरमात्रै पानी पिउनुपर्छ भन्ने सन्देश नाटकमा देखाइएको छ । सार्वजनिक धाराको पानी शुद्धीकरण गरेरमात्रै पिउनुपर्ने मुख्य सन्देश नाटकको थियो ।
नाटकका निर्देशक राजकुमार पुडासैनीले नाटक काठमाडौं र ललितपुरका विभिन्न ठाउँहरूमा प्रदर्शन गर्न सकाएको जनाए । यस क्रममा यो भक्तपुरमा पहिलो पटक देखाइएको उनले जनाए ।
कार्यक्रमपछि कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ मायाको चिनो प्रदान गरेका थिए । साथै उनले नाटक टोली र संस्थालाई सम्मान गरेका थिए ।
Leave a Reply