तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडांै, भदौ २७ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा तीजको अवसरमा छात्रा भेला एवं प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पँुजीवादी व्यवस्थामा कामदार महिलाहरू शोषणमा पर्ने भएका कारण समाजवाद र साम्यवादको आवश्यकता भएको बताउनुभयो । उहाँले भारतले नेपालमा साँचो कम्युनिष्टको बदनाम गर्न नेकपाको ओली सरकारलाई समर्थन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई पछाडि घचेट्न खोजेको चर्चा गर्नुभयो ।
उहाँले शासक पार्टीहरू नेपाली समाज र महिलालाई यथास्थितिमा राख्न खोजेको बताउँदै संसारका विभिन्न आन्दोलनमा महिलाको महत्वपूर्ण भूमिका रहेको औंल्याउनुभयो । उहाँले महिलाहरूलाई राजनैतिक रुपमा सचेत बनाउनु आवश्यक भएको बताउनुभयो ।
थापाले समाज परिवर्तन गर्न भौतिकवादी साहित्य लेखनीलाई व्यापकता दिनुको विकल्प नभएको बताउनुहुँदै नेपाली चाडपर्वलाई रचनात्मक तरिकाबाट मनाउनु उत्तम हुने स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सामन्तवादमा शोषणको लागि धर्मलाई हतियारको रुपमा प्रयोग गरिएको बताउँदै धर्मलाई राजनैतिक नजरबाट अध्ययन आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ केन्द्रीय सदस्य जानकी सिजापति, कोपिला तामाङ, काभ्रे जिल्ला समितिका अध्यक्ष तारा तामाङलगायतले महिलाहरू पनि राजनैतिक रुपमा सचेत हुनुपर्नेबारे बोल्नुभएको थियो ।
Leave a Reply