अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २७ भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित तुमचो दुगुरे चोखा जग्गा एकीकरण अयोजना क्षेत्रमा विकास निर्माण कार्यलाई निरन्तरता दिन स्थानीय जनसहभागितामा उपभोक्ता समितिहरू गठन धमाधम भइरहेको छ ।
यसै क्रममा पुरानो तुमचो क्षेत्रका सडकहरूमा इटा छपाइ कार्यका लागि शिवजी प्रजापतिको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । स्थानीय जनताको भेला गरी जनभावना अनुसार प्रभावकारी कार्य गर्न समिति गठन गरिएको वडाध्यक्ष रविन्द्र ज्याख्वले बताउनुभयो ।
भेलामा वडाध्यक्ष ज्याख्वले तुमचो दुगुरे आयोजना यसै आर्थिक वर्षमा सम्पन्न गर्ने तयारीस्वरुप विकास निर्माण र जनताको समस्या समाधानमा लागिपरेको अवगत गराउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखू (प्रजापति) ले वडा कार्यालयको आयोजनामा वडाबासी महिलाहरूको स्वास्थ्य परीक्षण आगामी असोज ६ गते गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै निःशुल्क परीक्षणमा सहभागिताको लागि अनुरोध गर्नुभयो ।
वडा प्राविधिक अर्हत बज्राचार्यले नयाँ आर्थिक वर्षमा वडा कार्यालयको तर्फबाट हुने विकास निर्माणका योजनाहरूबारे अवगत गराउनुभयो ।
तुमचो दुगुरे आयोजनाका प्राविधिक सरोज हेंग्वले इँटा छपाइको इष्टिमेटबारे विस्तृत जानकारी दिंदै रु. ४८ लाख बराबरको कार्य हुने बताउनुभयो ।
उक्त आयोजनाको अनुगमन तथा निरीक्षणका लागि वडा सदस्य इन्द्रबहादुर प्याथको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरियो ।
त्यस्तै तुमचो दुगुरे आयोजना क्षेत्रमा रहेको ऐतिहासिक बेची ब्वङ क्षेत्रको सुधारका लागि रमेश लाछिमस्यूको अध्यक्षतामा उपभोक्ता समिति तथा कार्यपालिका सदस्य छोरीमैया सुजखू (प्रजापति) को संयोजकत्वमा अनुगमन समिति गठन गरियो ।
त्यस क्षेत्रमा रु. ६० लाख बराबरको योजना छनौट गरिएको थियो । ऐतिहासिक कुवा बेची ब्वङको सुधार तथा त्यस क्षेत्रमा १ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गर्ने र व्याडमिन्टन कोर्ट निर्माण गरिने वडाध्यक्ष ज्याख्वले बताउनुभयो ।
Leave a Reply