“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौं, ३० भदौ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले वैयक्तिक गोपनीयतासम्बन्धी विधयेक, २०७५ बहुमतले पारित गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधयेकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा उल्लेख भएबमोजिम चल–अचल सम्पति पारदर्शी गर्नुपर्ने बताउनुभयो ।
सम्पत्ति पारदर्शी नभए भ्रष्टाचार बढ्ने र सुशासन कायम नहुने सांसद सुवालले बताउनुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले पेश गर्नुभएको सामाजिक समितिको प्रतिवेदनउपर भएको छलफलमा सांसद प्रेम सुवालले आर्थिक समानतासहितको सामाजिक सुरक्षा आवश्यक भएको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो –“बाघ र बाख्रा एकै खोरमा थुनेर सामाजिक सुरक्षा कहिले हुँदैन ।”
शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले “अनिवार्य तथा निःशुल्क शिक्षा विधयेकसम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश गर्नुभयो ।
उक्त बैठकमा भाग लिंदै नेमकिपाका सांसद सुवालले निजी लगानीमा विद्यालयलाई सेवामूलक बनाउने प्रावधान उचित नभएको उल्लेख गर्दै भन्नुभयो –“शिक्षा राज्यको दायित्व भएको हुँदा अनिवार्य र निःशुल्क हुुनुपर्छ ।
त्यस्तै जातीय भेदभाव तथा छुवाछूत कसूर तथा सजायसम्बन्धी विधयेकको बैठकमा उहाँले जातीय भेदभाव र छुवाछूत नै सामन्तवादको सिलसिला हो, भेदभाव अन्त्य गर्न त्यसबारे पाठ्यक्रम बनाएर विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।
बालबालिकाको अधिकारसम्बन्धी विधयेकबारे बोल्दै सांसद सुवालले भन्नुभयो, “मानिसको गर्भदेखि दुई वर्षसम्म राज्यले नै आवश्यक पोषणको व्यवस्था गर्नुपर्छ, वडा–वडामा शिशुस्याहार केन्द्र र बालोद्यान खोल्नुपर्छ ।”
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधयेकबारे टिप्पणी गर्दै सांसद सुवालले गरिब अपाङ्ग भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य, रोजगारी र भत्ताको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिको सट्टा फरक ढङ्गले क्षमता भएका भनी सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
वातावरण संरक्षणसम्बन्धी पेश भएको विधयेकको प्रस्तावमा उहाँले पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रतिस्थापन गरी विद्युतीय गाडी सञ्चालन गर्न, फोहोरमैलाको व्यवस्थापन गर्न तथा ढल र उपचार पोखरीको बन्दोबस्त गर्न सुझाव दिनुभयो ।
सांसद सुवालले कोइलाले चल्ने रेल अनुदान सहयोगमा लिन नहुने सुझाव दिंदै स्वच्छ वातावरण कायम राख्न वृक्षरोपण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
Leave a Reply